राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठकः उपाध्यक्ष महरा पक्राउबारे छलफल
-न्युजभित्तो

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा प्रहरीले सोमबार उपाध्यक्ष महरालाई पक्राउ गरेको विषयमा छलफल भएको उपाध्यक्ष...

बाबुरामलाई कारबाही गर्न नेसपा यादव पक्षको बैठक आज
-न्युजभित्तो

काठमाडौं, ६ चैत । नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्र राय पक्षले आकस्मिक बैठक बोलाएको छ। बानेश्वरको थापागाउँस्थित कृष्णभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो। सोमबार डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँगको एकतामा सहमति गर्नेलाई...

सर्वोच्च अदालतभित्रबाट दुर्गाका दुई बडीगार्ड हतियारसहित पक्राउ
-न्युजभित्तो

काठमाडौं, ५ चैत । दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ परेका छन् । प्रसाईँका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका हुन् । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।...

रुसी सेना र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौँ, ५ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखी सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले...

प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर
-न्युजभित्तो

काठमाडौँ, ५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध रु दुई लाख ३५ हजार आठ सय ९५,...

म्याद थपका लागि महरालाई काठमाडौं जिल्ला अदालत लैजाने तयारी
-न्युजभित्तो

काठमाडौं, ५ चैत । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सोमबार अदालत उपस्थित गराउने तयारी गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई आवश्यक प्रक्रिया पुरा गरेर म्याद थपका लागि काठमाडौं जिल्ला अदालत...

सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, ५ चैत । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ । आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री गगनकुमार...

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
-न्युजभित्तो

काठमाडौं , ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई...

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा
-न्युजभित्तो

गण्डकी, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गर्नुभएको...

मेरो नाम लिएर कसैले बार्गेनिङ गरे सिधै मलाई खबर गर्नुहोलाः शिक्षामन्त्री सुमना
-न्युजभित्तो

काठमाडौं, ४  चैत । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले केही विद्यालयमा भर्ना गर्न वा छात्रवृत्ति पाउन आफ्नो नाम लिएर बार्गेनिङ गर्न आएको खबर पाए तत्काल कारबाही गर्ने बताएकी छिन्। उनले सामाजिक सञ्जालबाट त्यसरी नाम लिएर बार्गेनिङ गर्न आए प्रमाणसहित खबर...