सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी छः अध्यक्ष नेपाल


  •    न्युजभित्तो/३० जेष्ठ २०८१, बुधबार १५:३८ 
  • लेखनाथ (कास्की), ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही वर्षदेखि थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको विकल्प नभएको बताउनुभएको छ ।

    समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक स्थिरता, परिवर्तन र सुशासनसँग जोडिएको अर्थतन्त्र बलियो बनाउन सकेनौँ भने लोकतन्त्र नै कमजोर भएर जान्छ ।” लोकतन्त्र समाप्त पार्न खोज्ने शक्ति सक्रिय भइरहेको अवस्थामा प्रधानमन्त्रीले अर्थतन्त्र बलियो बनाएर जनताको आयस्रोत वृद्धि गर्न जरुरी भएको भनाइ उहाँको थियो ।

    अर्थतन्त्रलाई बलियो बनाउने कार्यमा प्रधानमन्त्रीले अर्थतन्त्रका विज्ञ र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल तथा राय सुझाव लिएर अगाडि बढ्नसमेत नेपालले सुझाव दिनुभयो । “राजनीतिक स्थिरताका लागि सरकारले मुलुकका देखिएका प्रमुख समस्या पहिचान गरी जनतामा परिवर्तनको महसुस दिलाउन सक्नुपर्छ”, नेता नेपालले भन्नुभयो, “प्रतिगामी शक्तिहरु अझै पनि जीवितै रहेकाले उनीहरुलाई परास्त गर्दै अगाडि बढ्नु पर्छ ।”

    लोकतन्त्रको हितमा सहकार्य गर्दै अगाडि बढ्ने समाजवादी पार्टीको उद्देश्य भएकाले प्रधानमन्त्रीकै लागि आफूले मरिहत्ते नगरेको जिकिर उहाँको थियो । एकीकृत समाजवादी पार्टीको दशौँ महाअधिवेशन असारको पहिलो हप्ता काठमाडौँमा हुने जानकारी दिँदै उहाँले महाधिवेशन तयारीका लागि २७ सदस्यीय मस्यौदा समितिसमेत गठन गरिएको जानकारी दिनुभयो ।

    महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक, समाजवाद र पार्टी विधानसम्बन्धी मूल विषय बनाएर छलफल हुने पनि सो अवसरमा उहाँले जानकारी दिनुभयो । बाहिर चलेको हल्ला झैँ समाजवादी पार्टी फुट्ने कुनै सम्भावना नरहेको दाबीसमेत उहाँको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.