सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बारा घटनाको छानबिन गर्न माग


  •    न्युजभित्तो/३ असार २०८१, आईतवार १३:०१ 
  • काठमाडौँ, २ असार । प्रतिनिधिसभाको आजको बैठकमा बाराको कैलयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहलाई गोली हानी हत्या गरिएको घटनाको छानबिन गर्न माग गरिएको छ ।

    बैठकको आकस्मिक समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले एकपछि अर्को यस्ता व्यक्ति हत्याका घटना भएको भन्दै क्याम्पस प्रमुख कुशवाहको गोली प्रहार गरी निर्ममतापूर्वक हत्या गरिएको घट्नाको घोर भत्र्सना गर्नुभयो । कुशवाह एक प्राज्ञिक र सरल व्यक्ति भएको उहाँको भनाइ छ ।

    बारामा गत असोजमा कलैया चोकमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ र गत भदौमा बाराकै पचरौता नगरपालिकामा भारतीय नागरिकलाई नेपालमा ल्याएर गोली हानी हत्या गरिएको घटना उल्लेख गर्दै सांसद मैनालीले नागरिकको सुरक्षाप्रति संवेदनशील बन्न सरकारसँग माग गर्नुभयो ।

    “हत्याको शृङ्खला बढ्दै गएको छ । खुला सीमा तथा हातहतियारको ओसारपसारका कारण सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित छन्,” उहाँले भन्नुभयो, “मधेसमा एक दशकअघि राजनीतिक आवरणमा हत्या र हिंसाको शृङ्खला भएको थियो । धेरै नागरिक विस्थापित हुन परेको थियो । त्यो पीडा बिर्सेर मधेस सङ्ग्लिँदै गइरहेको अवस्थामा फेरि हत्याको शृङ्खला बढ्दै गएको छ । यसलाई अविलम्ब नियन्त्रण गरी अपराधीलाई कानुनी दायरामा ल्याउन माग गर्दछु ।”

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पनि क्याम्पस प्रमुख कुशवाहको गोली प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    “शिक्षण सेवामा लागेका ‘गुरु’हरुको दिनदहाडै गोली प्रहार गरी हत्या हुनु दुर्भाग्य हो । मधेस प्रदेशमा गत सातामात्रै चारजनाको गोली हानी हत्या भएको छ । जघन्य अपराधका घटनाको छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.