सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यक्तिगत क्षमता अभिवृद्धिका साथै समाजमा घुलमिल हुन खेलकुद महत्वपूर्णः उपप्रधानमन्त्री सिंह


  •    न्युजभित्तो/५ फाल्गुन २०८१, सोमबार १०:५५ 
  • पाटन, ५ फागुन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यक्तिगत जीवनमा क्षमता अभिवृद्धिका साथै समाजमा घुलमिल हुनका लागि खेलकुद महत्वपूर्ण हुने बताउनुभएको छ ।

    ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसिएसन’को आयोजनामा ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसमा आजदेखि सुरू भएको टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले युवालाई समाजसँग एकाकार हुनका लागि खेलले सघाउ पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    “पढाइमा त ध्यान दिनु प¥यो प¥यो, समाजलाई पनि योगदान दिनुपर्छ, त्यसका लागि खेलकुदको महत्व छ, यसले खेलाडीको स्वास्थ्य त राम्रो हुन्छ नै, तत्काल निर्णय गर्ने क्षमता पनि विकास हुन्छ । विद्यार्थी जीवनमा समग्र व्यक्तित्व विकास र अनुशासनका लागि पनि खेलकुदको धेरै महत्व छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले खेलाडीको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडी उत्पादनका लागि पनि यस्ता प्रतिस्पर्धा अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

    उपप्रधानमन्त्री सिंहले खेलकुदमा जित्नु मात्रै ठूलो कुरा नभई प्रतिस्पर्धामा भाग लिनु पनि महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थीलाई पढाइका साथसाथै खेलकुदमा लाग्न प्रोत्साहित गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.