राष्ट्रिय

एमाले बैठक : पार्टी ह्विप उलङ्घन गर्नेलाई कारवाहीः समानान्तर गतिविधिमा संलग्नलाई फर्कन आग्रह
-न्युजभित्तो

काठमाडौं, १० वैशाख । सत्तारुढ नेकपा (एमाले)को आज सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा...

सडक निर्माणका क्रममा करेन्ट लागेर मृत्यु
-न्युजभित्तो

गोरखा, १० वैशाख । करेन्ट लागेर आज बिहान एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका-६ स्थित टेलिकम क्षेत्रमा सडक बाटो ढलानका क्रममा आफैँले समाएको फलामको रडले विद्युत्का तारमा छुन पुग्दा करेन्ट लागेर रुकुम(पश्चिम)को चौरधारे नगरपालिका-१० घर भएका ३२...

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने : परराष्ट्रमन्त्री ज्ञवाली
-न्युजभित्तो

काठमाडौँ,१० वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्ष्ोत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताउनुभएको छ । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आज यहाँ आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को नौ संस्करणको उद्घाटन...

ओलीले भने राष्ट्रियसभा उपचुनावमा बादललाई नै जिताएर पुनः सांसद बनाइने
-न्युजभित्तो

काठमाडौं,१० वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताएका छन् । एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले जेठ ६ गते हुने...

धरहरा पुगेर मुख्यमन्त्री पौडेलले भने- ‘नेपाली जनताको स्वाभिमान ठडियो’
-न्युजभित्तो

वाग्मती, १० वैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताउनुभएको छ । भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी नेपाली...

कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन
-न्युजभित्तो

गोदावरी, १० वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उहाँले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा...

मन्त्री आलेद्वारा मिर्गाैला तथा थाइराइड पीडितलाई आर्थिक सहयोग
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गाैला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गर्नुभयो । उहाँले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका विरामी रुपसिंह...

नेकपा एमाले : स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई
-न्युजभित्तो

काठमाडौं, १० वैशाख  । नेकपा एमालेले स्पष्टीकरण सोधिएका र पेस गरेका सांसदहरूलाई कस्तो कारवाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । केन्द्रीय कमिटीको शुक्रबारको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको एक केन्द्रीय सदस्यले...

स्पष्टीकरण सोधिएका नेपाल समूहका दुई सांसदको मूलधारमा लाग्ने प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौं, १० वैशाख  । नेकपा एमालेले स्पष्टीकरण सोधेका संघीय संसदका २७ सांसदमध्ये पाँचजनाले दुई दिनको अवधिमा स्पष्टीकरण पेस नगरेको केन्द्रीय कमिटी बैठकमा जानकारी दिइएको छ । स्पष्टीकरण पेस नगर्नेमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी, निरा जैरु र दिपकप्रकाश भट्ट...

अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख  । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न...