सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वीनाकामै छैन होल्डिङ सेन्टर


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १२:०३ 
  •  झापा, १४ वैशाख । पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन ।

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष निकालेको छ । स्थानीय श्रोत साधन अपर्याप्त भएको जनाउँदै बैठकले यसको निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोगको आग्रह गरेको उहाँले जानकारी दिनुभयो । भारतमा कोरोना भाइरसको सङ्क्रमण तीब्र दरमा फैलिएपछि स्वदेश फर्किनेहरुका नाकामा भीड लाग्न थालेको छ ।

    अहिले नाका भित्रिनेहरुलार्ई सुरक्षा निकायले निर्माण गरेको चेकजाँच स्थलमा केहीबेर राखेर पठाइने गरेको छ । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नाकामा होल्डिङ सेन्टर बनाउने विषय नगरको मात्र नभएर प्रदेश र सङ्घीय सरकारको सरोकारको विषय भएको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारसँग यस विषयमा सल्लाह भइरहेको जानकारी दिनुभयो ।

    भारतबाट आउने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएमा मेचीनगरबासी भए तत्कालै नगरपालिकाको एम्बुलेन्सले आवश्यकता अनुसार होम आइसोलेसनसम्मै पु¥याउने गरिएको उहाँले बताउनुभयो । गत वर्ष काँकडभिट्टा माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो ।

    विद्यालय सञ्चालन गरिने भएपछि होल्डिङ सेन्टर बन्द गरिएको थियो । नाकाको मेची पुलको मुखमै हाल नेपाली सेनाले तीन वटा टेन्ट टाँगेर कामचलाउ होल्डिङ सेन्टर निर्माण गरिदिएको र त्यहाँ २५ जनासम्म राख्न सकिने क्षमता रहेको मेचीनगर नगरपालिका वडा नं. ६ का अध्यक्ष ललित तामाङले जानकारी दिनुभयो ।

    उहाँले नाकामा गत वर्षको झैं होल्डिङ सेन्टर व्यवस्थित गर्न आवश्यक रहेको जनाउँदै क्वारेन्टाइन र कोभिड हस्पिटल समेत नाका नजिक सञ्चालन गर्न आवश्यक भइसकेको बताउनुभयो । जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ४८१९, डिस्चार्ज ४५१९, आइसोलेसनमा १६९ जना, कूल सङ्क्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको सङ्ख्या १३१ जना पुगेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.