सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुर्वीचितवनको खैरहनीमा ९ महिनामा ९ करोड राजस्व संकलन


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार ११:५० 

  • चितवन, वैशाख १४ । पुर्वी चितवनको खैरहनी नगरपालिकाले चालू आर्थिक बर्षको चैत सम्म झन्डै ९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०७७।०७८ को ९ महिना अर्थात चैत मसान्त सम्म ८ करोड ८७ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाले बताएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेका अनुसार संकलित सो राजस्व लागत सहभागिता सहितको हो ।

    हाल सम्म १ करोड ९४ लाख ९१ हजार रुपैयाँ लागत सहभागिता रहेको छ । त्यसबाहेक ६ करोड ९२ लाख ५७ हजार विभिन्न शिर्षकबाट आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । सबैभन्दा बढी राजस्व घरजग्गा रजिस्ट्रेशनबाट संकलन भएको छ । उक्त शिर्षकबाट २ करोड १७ लाख रुपैयाँ संकलन भएको हो । त्यस्तै सम्पत्ति करबाट १ करोड ७७ लाख ३२ हजार,ब्यवसाय रजिस्ट्रेशन दस्तुरबाट ७८ लाख २३ हजार,सिफारिस दस्तुरबाट ६३ लाख ३३ हजार ,घर बहाल करबाट ४३ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    यसैगरी नक्सापास दस्तुरबाट २९ लाख ८ हजार,बांडफांड भई प्राप्त हुने मुल्य अभिवृद्वी करबाट १२ लाख ७१ हजार, भुमिकर र मालपोत बाट ११ लाख ६० हजार रुपैयाँ संकलन भएको प्रप्रअ न्यौपानेले बताए । बांकी अन्य आम्दानी विभिन्न शिर्षकबाट संकलन भएको छ । खैरहनी नगरपालिकाले चालू आर्थिक वर्षमा १० करोड ११ लाख रुपैयाँ राजस्व आन्तरिक श्रोतबाट आम्दानी गर्ने लक्ष्य लिएको नगरपालिका प्रमुख लालमणी चौधरीले जानकारी दिए ।

    लक्ष्य अनुसार यो बर्ष पनि राजस्व संकलन हुने प्रमुख चौधरीले बताए । अघिल्लो आर्थिक वर्षमा ९ करोड २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएकोमा लक्ष्य भन्दा १८ प्रतिशत बढी राजस्व संकलन भएको थियो । जनप्रतिनिधि निर्वाचित भएको बर्ष खैरहनीको आन्तरिक आम्दानी १ करोड पनि थिएन । यहाँका उद्योगि ब्यवसायी,नगरवासी, जनप्रतिनिधि ,नगरपालिका कर्मचारीको साथ सहयोगले आम्दानिको श्रोत वृद्धि हुँदै गएको नगर प्रमुख चौधरीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.