सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भुकम्पले भत्काएका १७९ विद्यालय भवन पुनःनिर्माण


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १२:४८ 
  • गलकोट, १४ वैशाख  । बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् ।

    बागलुङमा हाल सम्म १७९ विद्यालय भवनको पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जनाएको छ । भूकम्प गएको छ वर्ष बितिसक्दा विद्यालय पुनःनिर्माणले अन्तिम रुप लिन थालेको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेका विद्यालय भवन ठडिएका छन् ।

    बागलुङमा भूकम्पले भत्काएका करिब सबै विद्यालय पुनःनिर्माण भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनःनिर्माणमा तदारुकता दिएपछि विद्यालय भवन ठडिएका हुन् । बागलुङमा पुनःनिर्माण कार्यालय (शिक्षा) स्थापना भएपछि आव २०७३÷७४ मा १४, २०७४÷७५ मा १४, २०७५÷७६ पहिलो चरणमा ४०, दोस्रो चरणमा ३८, २०७६÷७७ को पहिलो चरणमा आठ, दोस्रो चरणमा ६५ विद्यालय पुनःनिर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख मतिलाल चपाईंले जानकारी दिनुभयो । आव २०७६÷७७ को दोस्रो चरणका विद्यालयको भौतिक प्रगति ८० प्रतिशत पुगेको र यसअघिका सबै विद्यालय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।

    “अन्तिम चरणका केही भवन हस्तान्तरण हुन बाँकी रहेको र केही भवन दुर्गमका हिसाबले ढिलागरी निर्माण भइरहेकाले केही प्रतिशत बाहेक १७९ विद्यालय पुनःनिर्माण भइसकेको छ”, चपाईंले भन्नुभयो, “अब विद्यालयको पुनःनिर्माण लगभग सकिएको छ, सरकारले अब बन्ने विद्यालयको जिम्मा स्थानीय तहलाई दिने माथिको कार्यविधि छ ।”

    बन्दाबन्दीमा भवन निर्माणले गति लिएपछि भौतिक प्रगति सन्तोषजक देखिएको छ । यसैगरी प्राधिकरणले आव २०७५÷७५ को दोस्रो चरणमा २५, २०७६÷७७ को पहिलो चरणमा आठ र ६ खानेपानी आयोजना र २०७६÷७७ को दोस्रो चरणमा २५शौचालय र २५ खानेपानी आयोजना निर्माणधीन अवस्थामा रहेको तथा यसको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ । बागलुङमा निर्माण भएका १७९ विद्यालय मा ८२ वटा चार कोठे, २९ वटा तीन कोठे र ६८ वटा दुई कोठे विद्यालय निर्माण गरिएको हो । भूकम्पले क्षति पु¥याएका २१५ विद्यालय मध्येबाट दुर्गम, विद्यार्थी सङ्ख्या तथा मौजुदा भवनको अवस्था हेरेर नयाँ भवन निर्माण गरिएको हो ।

    प्राधिकरण शिक्षाका इञ्जिनीयर रामानन्द देवका अनुसार चार कोठे भवनका लागि रु ७० लाख ४० हजार, तीन कोठे भवन निर्माणका लागि रु ३५ लाख ७० हजार, दुई कोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रु १५ लाख र खानेपानी आयोजनाका लागि सात लाख बजेट विनियोजन हुँदै आएको छ । भौगोलिक अवस्था तथा ढुवानी खर्च हेरेर केही बजेटमा हेरफेर पर्न सक्ने एकाइले जनाएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.