सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पीसीआर परीक्षणको माग गर्दै, एमाले सांसदले गरे गण्डकी प्रदेशसभा बैठक अवरुद्ध


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १३:०४ 
  • पोखरा, १४ वैशाख  । सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेश सभाको जारी बैठक अवरुद्ध गरेका छन् ।

    कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छ्न् । बैठक शुरू हुनासाथ सांसदहरू उठेर सदन अवरुद्ध गरेका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ ।

    कार्यसूची सबैको सर्वसहमतिमा भएकाले बैठकमा सहभागी हुन अनुरोध गरेपनि एमाले सांसदहरूले इन्कार गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    सांसद राजीव पहारीले भने ‘कोरोना भाइरसकिो दोस्रो चरण फैलिइरहेको छ । यो एकैचोटी ५०/६० जनामा सर्ने अवस्था छ । कास्कीले हिजोमात्रै निषेधाज्ञा जारी गरेको छ । गम्भीरतापूर्वक लिइयोस् ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.