सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानको गोठगोठमा स्वास्थ्य शिविर


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १२:२८ 
  • गोरखा, १४ वैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले साविकको बारपाक क्षेत्रमा किसानको गोठगोठमा पुगेर भेडाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

    गाउँपालिकाले उक्त क्षेत्रमा भेडाका बच्चाका मृत्युदर घटाउन सहजीकरण गर्ने उद्देश्यले गोठगोठमा पुगेर भेडाको स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बारपाकमा पछिल्लो समय भेडाका बच्चाको मृत्युदर बढ्दै स्वास्थ्य भेडा उत्पादनका लागि गाउँपालिका पशुसेवा शाखा कार्यालयमार्फत शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

    “शिविरबाट भेडा स्वास्थ्य सुरक्षामा कसरी ध्यान दिनुपर्छ भनेर किसानलाई जानकारी प्रदान गरिएको छ”, अध्यक्ष भट्टले भन्नुभयो, “आवश्यकताअनुसार शाखामार्फत किसानलाई औषधि वितरण गरिएको छ ।” गाउँपालिकाले ऊन विकासका लागि भेडा प्रवद्र्धन कार्यक्रममार्फत शिविर सञ्चालन गरेको हो ।

    कार्यक्रमअन्तर्गत गाउँपालिकाले पालिका भित्र भेडाको उत्पादन तथा बजारीकरण, समूहगत रुपमा ऊन काट्ने मेसिन वितरण, ऊन धुने मेसिन, उन्नत चर्खा, सोलार त्रिपाललगायत वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । बारपाक क्षेत्रमा स्थानीय जातका भेडा पालन गरिँदै आएकाले सोचेजस्तो प्रतिफल प्राप्त हुन नसकेको भन्दै गाउँपालिकाले अब उन्नत जातका भेडापालन किसानलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । सङ्घीय सरकारको बजेटअन्तर्गत गाउँपालिकाले भेडाका प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको हो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.