राष्ट्रिय
काठमाडौँ, १२ वैशाख । धर्मशास्त्रसम्बन्धी विषयको आधिकारिक निर्णय गर्न ‘सनातन विद्वत्परिषद् नेपाल’ नामक संस्था विधिवत्रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको छ । यसअघि एउटै कुरा तीन÷चार जना गुरुहरुलाई सोध्दा अलग–अलग जवाफ आउने गरेकाले मेचीदेखि महाकाली मात्र नभई विश्वभरि नै...
चितवन, १२ वैशाख । भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खस्दा दुई बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९...
मार्तडी, १२ वैशाख (रासस) । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत...
चितवन,१० बैशाख । खनाल सेवा समिति केन्द्रीय समिति भरतपुर चितवनको शुभ कामना आदान प्रदान तथा भित्तेपात्रो लोकार्पण कार्यक्रम शनिवार सम्पन्न भएको छ । समितिका अध्यक्ष केदारनाथ खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक दण्डपाणि खनाल प्रमुख अतीथी हुनुहुन्थ्यो । समितिका उपाध्यक्ष...
दमक, १२ वैशाख । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड...
कर्णाली, १२ वैशाख । कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज ११ः०० बजेबाट शुरु हुँदैछ । कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकमा प्रथमतः कर्णाली प्रदेश...
हेटौंडा, ११ वैशाख । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ । हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो,...
काठमाण्डौं, ११ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । छोरी प्रेरणा शाहसहित उहाँहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार...
काठमाडौं, १० वैशाख । नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार बसेको बैठकले नेताहरुको कार्यबिभाजन र जिम्मेवारी हेरफेर गरेको हो । बैठकले पार्टी बिरोधी गतिबिधिमा संलग्न भएको कारण...
दमौली, १० वैशाख । तनहुँको सदरमुकाम दमौलीमा एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ । व्यास नगरपालिका–२ मा विस्तार गरिएको शाखाको आज व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै बैंकले सहज र सरल सुलभ व्यवसायी तथा सर्वसाधारणलाई सेवा दिन आग्रह गर्नुभयो...














