सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्पको ६ वर्ष : पर्वतमा निजी आवास पुनःनिर्माण ७७ प्रतिशत सम्पन्न


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १४:५० 
  • पर्वत, १४ वैशाख । पर्वतमा भूकम्प गएको ६ वर्षमा तीन हजार ४४४ निजी आवास पुनःनिर्माण भएको छ ।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजी आवास पुनःनिर्माणको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत सम्पन्न भएको जनाएको छ । जिल्लामा भूकम्पले घर भत्किएको भन्दै अनुदान सम्झौता गर्नेको सङ्ख्या भने पाँच हजार ८७६ रहेको छ ।

    यीमध्ये केही प्रवलीकरणतर्फका लाभग्राही रहेको कार्यालयले जनाएको छ । पुनःनिर्माणका लागि कार्यालयले अहिलेसम्म रु एक अर्ब ३३ करोड २० लाख वितरण भएको जनाएको छ । पूर्ण क्षति भएका लाभग्राहीलाई कार्यालयले तीन किस्तामा कूल रु तीन लाख र प्रवलीकरण गर्नुपर्ने लाभग्राहीलाई रु एक लाख उपलब्ध गराउँदै आएको छ । जिल्ला आयोजना कार्यालयका प्रमुख कृष्णराज गौतमले आगामी असार मसान्तसम्म जिल्लामा पुनःनिर्माणको काम सक्नुपर्ने दायित्व रहेको बताउनुभयो । प्रवलीकरणतर्फ कसैले पनि काम नगरेको हुनाले भौतिक प्रगति बढ्न नसकेको उहाँले बताउनुभयो ।

    कार्यालयबाट ३४८ जनाले प्रवलीकरणबाट पुनःनिर्माणमा र १३० जनाले प्रवलीकरणबाट मर्मतमा परिवर्तन गरेको जनाएको छ । सडक पुनःनिर्माणको सूचीमा रहेको पातीचौर, मैदान लप्सीबोट सडक तीन किलोमिटर ७०० मिटर कालोपत्रे गर्ने काम अगाडि बढ्न सकेको छैन । यस सडकको केही खण्डमा ढलान गर्ने र नाली बनाउने कामबाहेक अरु काम अगाडि नबढेको कार्यालयको प्रगति प्रतिवेदनमा उल्लेख छ । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण घर भत्किए पनि प्राविधिकले मूल्याङ्कन गर्दा क्षतिको सूचीमा नपारेको भन्दै जिल्लाका एक हजार ५९० जनाले प्राधिकरणका विरुद्धमा मुद्दा दर्ता गरेका छन् ।

    ती मुद्दाको किनारा लाग्न केही समय लाग्ने पनि कार्यालयले जनाएको छ । लाभग्राहीले घर बनाउने कामलाई चासोका साथ नलिएको कार्यालयका सूचना अधिकारी पोषनाथ शर्माले बताउनुभयो । भनेको बेला डकर्मी, सिकर्मी नपाउने, मूल्याङ्कनका लागि प्राविधिक नआउने कारण काम गर्न अप्ठ्यारो भएको लाभग्राहीले गुनासो गर्दै आएका छन् । प्राधिकरणको अवधि सकिन लागेकाले पछिल्लो समय अझै बढी लाभग्राहीलाई घर निर्माण सम्पन्न गराउन ताकेता गरिएको कार्यालयले जनाएको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.