सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैठकमा मास्क नलगाइ बसेपछि थाइल्याण्डका प्रधानमन्त्रीलाई जरिवाना


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १३:४९ 
  • काठमाडौं, १४ वैशाख। थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान ओ चालाई ६ हजार भाट (२२ हजार रुपैयाँ) जरिवाना तिराइएको छ । सोमबार एक बैठकमा प्रधानमन्त्रीले मासक नलगाइ बसेका थिए । थाइल्याण्डमा अहिले कोरोना संक्रमण दर बढेको छ । सोमबारदेखि नै थाइल्याण्डको राजधानी बैंककमा मास्क लगाउन जरुरी गराइएको छ ।

    सोमबार मात्र थाइल्याण्डमा कोरोना संक्रमणका २ हजार ४६ केस आएका छन् र ८ जनाको मृत्यु भएको छ । एक दिनमा २ हजार भन्दा धेरै नयाँ केस भेटिएको यो चौथो दिन थियो । त्यससँगै अब थाइल्याण्डमा कडाइ गर्न थालिएको छ ।

    बैंकक पोस्टका अनुसार जनरल प्रयुतले भ्याक्सिनका विषयमा बैठक बोलाएका थिए र यो बैठकमा उनी मास्कबिना बसेका थिए । यही कारण उनलाई जरिवाना तिराइएको हो । थायल्याण्डमा मास्क नलगाउनेहरुसँग २० हजार भाटसम्म जरिवाना असुलिएको छ ।

    बैंककका गभर्नर अस्विन क्वांमुआंगले फेसबुकमा पोस्ट गर्दै मास्क नलगाएका कारण प्रधानमन्त्री विरुद्ध आफूले उजुरी दर्ता गराएको बताएका छन् । त्यसपछि पुलिसले प्रधानमन्त्रीलाई कारवाही गर्दै ६ हजार भाट जरिवाना असुलेको हो । थाइल्याण्डमा अहिलेसम्म ५७ हजारभन्दा धेरै संक्रमित भएका छन् र १४८ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.