सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षक र विद्यार्थीलाई आयुर्वेद र योग शिक्षा


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १४:३५ 
  • बनेपा, १४ वैशाख  । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले वनेपा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयमा कार्यरत नर्सलाई आयुर्वेद र योग शिक्षा सम्बन्धी जानकारी दिएको छ ।

    केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा मनोज चौधरी, पतञ्जलि आयुर्वेदका उपप्राध्यापक डा प्रवीणकुमार यादव, योग प्रशिक्षक क्षेत्रबहादुर तामाङ आयुर्वेद चिकित्सक डा समीक्षा न्यौपाने लगायतले प्रशिक्षण दिनुभएको थियो । विशेषगरी पछिल्लो समयमा कोभिड–१९को सङ्क्रमण फैलिरहेको अवस्थामा कसरी सुरक्षित र स्वस्थ रहने भन्ने विषयमा केन्द्रीत भएर सो कार्यक्रम सञ्चालन गरेको डा चौधरीले बताउनुभयो ।

    उहाँले विद्यालयले स्थानीय पाठ्यक्रमसमेत बनाएर योग शिक्षालाई सिकाइ प्रक्रियासँग जोडर अगाडि बढिरहेको अवस्थामा आयुर्वेद र योग शिक्षालाई सहकार्यको माध्यमबाट व्यवहारिक कार्यान्वयनमा सहयोग गर्ने कार्यमा सहयोग पुयाउँदै आएको जानकारी दिनुभयो । वनेपा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्याम सिंह धामीले स्वास्थ्यलाई व्यवहारिक र प्रयोगात्मक विधिलाई अवलम्वन गर्ने क्रममा शिक्षक र विद्यार्थीलाई योग अभ्याससँगै आयुर्वेद शिक्षाको ज्ञान दिलाउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग समन्वय गरेर काम गरेको बताउनुभयो ।

    वनेपा–२ घिमिरे गाउँस्थित स्वेतबराहा माध्यमिक विद्यालयका विद्यालय नर्स विद्या बस्नेतले विद्यालयमा विद्यार्थीलाई प्राथमिक उपचारको कामदेखि स्वास्थ्यसम्बन्धी समस्याको परामर्श दिने काम गर्दै आएको जानकारी दिनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.