सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लकडाउनमा दिइने सेवाबारे बैंकहरूको यस्तो छ तयारी


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार १४:०४ 
  • काठमाडौं, १४ वैशाख । सरकारले कोभिड-१९ दोस्रो लहर शुरू भएको भन्दै बिहीबारबाट काठमाडौं उपत्यकासहित प्रभावित ठाउँमा लकडाउन घोषणा गरेको छ ।

    अत्यावश्यक वस्तु तथा सेवा बाहेकका अन्य क्षेत्रहरूमा प्रतिबन्धात्मक बन्देज लगाएको छ । सरकारले वित्तीय सेवालाई अतिआवश्यक वस्तु तथा सेवाको सूचीमा राखेपनि निषेधाज्ञाको अवधिमा बैंकिङ सेवा कसरी सञ्चालन गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बेंकर्स संघले जनाएको छ ।

    बुधवार ९ बजे बस्ने बैंकर्स संघको बैठकले सञ्चालनको मोडालिटी तय गर्ने संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

    ‘बैंक कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सबैसंग सुझाव मागेका छौं । प्राप्त सुझावबारे भोली छलफल गरेर निर्णय लिन्छौं’ दाहालले भने । जिल्ला प्रशासन कार्यालयहरूको पत्र प्राप्त भएपनि सरकारको निर्णयको व्यहोरा प्राप्त नभएकाले आवश्यक निर्णय गर्न ढिलाई भएको उनले बताए । मन्त्रिपरिषदको निर्णय आज प्राप्त हुने भन्दै उनले बैंकिङ सेवा नरोकिने गरी लकडाउनमा पनि प्रभावकारी सेवा दिने प्रयास गरिने जानकारी दिए ।

    ‘अत्यावश्यक सेवा भएकोले बैंकिङ सेवा सुचारु राख्ने र लकडाउनमा पनि प्रभावकारी बनाउने गरी निर्णय लिन्छौं’, दाहालले भने ।

    मन्त्रिपरिषद्ले बैकिङ क्षेत्र सञ्चालनका लागि विशेष व्यवस्था नगरेपनि न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुचारु गर्ने बैंकहरुको तयारी छ । कोभिड १९ का लागि आवश्यक स्वास्थ्य मापदण्डहरू कडाईका साथ लागू गर्न राष्ट्र बैंकले गत वैशाख ६ गते नै ९ बुँदे निर्देशन जारी गरिसकेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकको निर्देशन पालना हुनेगरी बैंकहरुले सेवा सुचारु गर्नेबारे आफैं निर्णय लिनसक्ने बताए । सरकारले बैंकिङ सेवाबारे थप निर्णय गरे स्वतः कार्यान्वयनमा आउने ढकालले जानकारी दिए ।

    वैशाख ६ को निर्देशनमा के थियो ?

    नेपाल राष्ट्र बैंकले बैशाख ६ गते कोरोना महामारीको दोस्रो लहर बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूलाई ९ बुँदे स्वास्थ्य प्रोटोकल कडाइका साथ लागू गर्न निर्देशन जारी गरेको थियो ।

    विश्व स्वास्थ्य संगठनको मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न केन्द्रीय बैंकले निर्देशनमा उल्लेख गरिएको छ । निर्देशनमा बैंकमा ग्राहकको भौतिक उपस्थिति कम गराउन डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भनिएको छ । कोरोना संक्रमण फैलिन सक्ने भन्दै एटीएम बुथमा सेनिटाइजर र टिस्यूपेपर अनिवार्य राख्न भनिएको छ । गोष्ठी सेमिनारहरू भर्चुअल रूपमा गर्नपनि सूचित गरिएको छ ।

    बैंकका कर्मचारीहरुमा कोभिड संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गरी संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन र ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका कर्मचारीलाई क्वारेन्टिनको व्यवस्था गर्न समेत राष्ट्र बैंकले निर्देश गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.