राष्ट्रिय

श्रीमतीको शव व्यवस्थापन आफैँले गर्नु पर्दाको पीडा
-न्युजभित्तो

धनगढी,२८ वैशाख । कैलालीको भजनी नगरपालिका–१ को हो स्थानीय ४३ वर्षीय महिलाको मङ्गलबार बिहान कोरोना सङ्क्रमणका कारण ज्यान गयो । मृत्युको पीडा त छँदै थियो, त्योसँगै शवको व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा श्रीमानले नै खाल्डो खनेर अन्त्यष्टि गर्नु परेको...

गण्डकीमा २४ घन्टा नबित्दै १२ को मृत्यु
-न्युजभित्तो

पोखरा,२८ वैशाख । गण्डकीमा पछिल्लो २४ घन्टा नबित्दै १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् । निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा कास्कीका मात्रै ६...

युरोपका नेपालीलाई पत्रकारिता तालीम
-न्युजभित्तो

विराटनगर, २८ वैशाख  । युरोपमा रहेका नेपालीका लागि नेपाल पत्रकार महासङ्घ, युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्युटले संयुक्त रुपमा हिजो वैशाख २७ गतेदेखि एक महिना लामो पत्रकारिता तालीम शुरु गरेको छ । जुम प्रविधिबाट शुरु भएको तालीमको उद्घाटन गर्दै नेपाल...

कांग्रेस पदाधिकारी बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, २८ वैशाख  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने उहाँका स्वकीय...

रसुवा पनि निषेधाज्ञा
-न्युजभित्तो

रसुवा, २८ वैशाख  । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । अत्यावश्यक कामबाहेक घरबाट...

टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित
-न्युजभित्तो

काठमाडौँ, २८ वैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । अस्पतालले विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ । ‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर...

१५ खानेपानी आयोजना सम्पन्न
-न्युजभित्तो

लमजुङ, २८ वैशाख । प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । बेँसीशहर नगरपालिका–८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङद्वारा सञ्चालन भएको ५० योजनामध्ये १५ वटाको काम सकिएको...

भारतबाट काठ काटेर ल्याउने पक्राउ
-न्युजभित्तो

कञ्चनपुर, २८ वैशाख । निशेषाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा रु ६०...

हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन क्यान निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २८ वैशाख । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार...

दुर्घटनामा दम्पतीको मृत्यु
-न्युजभित्तो

सप्तरी, २८ वैशाख । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उहाँकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी...