सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा


  •    न्युजभित्तो/३१ बैशाख २०७८, शुक्रबार १०:०९ 
  • कास्की, ३१ वैशाख । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान् पर्व इद–उल–फित्र (इद)को अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

    बिदा दिने सम्बन्धमा प्रदेश सरकार मन्त्रिपरिषद्को विसं २०७७ चैत १७ को निर्णयको सूचना प्रदेश सरकारको राजपत्रमा प्रकाशन भइसकेको मन्त्रालयका उपसचिव हिमालचन्द्र अर्यालले जानकारी दिनुभयो ।

    कास्कीमा निषेधाज्ञा एक साता थप

    नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख १७ गतेदेखि जिल्लामा लागू गरेको निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ ।

    पहिलोपटक वैशाख १५ देखि २१ गतेसम्म लगाइएको निषेधाज्ञा दोस्रोपटक थप गरी वैशाख ३१ गते राति १२ बजेसम्म कायम गरिएकामा पुनः जेठ १ गते बिहान ५ देखि जेठ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

    प्रशासनले यस अवधिमा बिहानी तथा साँझको हिँडाइसमेत नगर्न र अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ । निषेधाज्ञाका अवधिमा अत्यावश्यक सेवामा प्रयोग हुनेबाहेकका जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । यसबाहेक अन्य सभा, सम्मेलन, भेला गोष्ठी, शैक्षिक संस्था, धार्मिकस्थल, सिनेमा हल, पार्टीप्यालेस, रेष्टेरेन्टलगायत समेत सञ्चालनमा बन्देज गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.