सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु


  •    न्युजभित्तो/३१ बैशाख २०७८, शुक्रबार १०:१४ 
  • नवलपुर, ३१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र बगाई माडी सेक्टरको इच्छानगरमा जङ्गली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बिहीबार हात्तीको आक्रमणबाट पर्साको ठोरी गाउँपालिका–२ बस्ने ६० वर्षीय गोविन्दबहादुर राउतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    निकुञ्जमा च्याउ टिप्न गएका बेला हात्तीसँग जम्काभेट हुँदा उनलाई हात्तीले आक्रमण गरेको हुनसक्ने निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले राउतको घटनास्थलमा नै मृत्यु भएको बताउनुभयो । चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको अधिकारीले जानकारी दिनुभयो ।

    वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेमध्ये हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको अधिकारीको भनाइ छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमध्ये दुई जनालाई जङ्गली हात्ती र एक जनालाई घरपालुवा हात्तीले आक्रमण गरेको अधिकारीले बताउनुभयो ।

    वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका अन्य घटनामध्ये बाघको आक्रणबाट तीन, गैँडाको आक्रमणबाट तीन तथा गौरीगाई र बँदेलको आक्रमणबाट एक-एक जना रहेका छन् । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दीका क्रममा अनावश्यकरूपमा जङ््गल क्षेत्रमा प्रवेश गर्नसमेत निकुञ्जले अपिल गरेको छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.