सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाका कारण चितवनका २ सहित ६ जनाको मृत्यु


  •    न्युजभित्तो/३१ बैशाख २०७८, शुक्रबार ११:३५ 
  • चितवन, ३१ वैशाख । कोरोना सङ्क्रमण भई जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा चितवनका २ जना र अन्य वाहिरी जिल्लाका रहेका छन् । चितवन मेडीकल कलेजमा उपचाररत रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ की ५५ वर्षिया महिलाको मृत्यु भएको छ । निमोनियाको समस्या भई यही बैशाख २८ गते उनी कोरोना सङ्क्रमण देखिए पछि अस्पताल भर्ना भएकी थिइन् ।

    उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा आज विहान ५ः१९ वजे मृत्यु भएको हो । सोही अस्पतालमा उपचाररत कञ्चनपुरको धनगढी नगरपालिका वडा नम्बर ५ बस्ने ५१ वर्षिय पुरुषको क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या भई बैशाख १८ गते अस्पतालमा भर्ना भएका उनमा १९ गते सङ्क्रमण पुष्टि भएको थियो ।

    उनको कोभिड सघन उपचार कक्षमा आज बिहान ५ः२८ वजे मृत्यु भएको हो । कोरोना सङ्क्रमणका कारण कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १४ का ६० वर्षिय वृद्धको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भए संगै बैशाख ३० गते चितवन मेडीकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा बिहिबार राती १०ः३० वजे मृत्यु भएको हो ।

    भरतपुर अस्पतालमा उपचारका क्रममा ९४ वर्षिय बृद्धको कोरोनाका कारण मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० का उनी कोरोना सङ्क्रमण पुष्टि भए संगै बैशाख ३० गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा विहिबार राती ९ वजे मृत्यु भएको हो । सोही अस्पतालमा उपचाररत एक महिलाको मृत्यु पछि कोभिड सङ्क्रमण पुष्टि भएको छ । माडी नगरपालिका वडा नम्बर ७ की ५३ वर्षिया महिलाको मृत्यु पछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । निमोनियाको समस्या भई बैशाख ३० गते अस्पताल भर्ना भएकी उनको सोही दिन दिउँसो ३ः३० वजे मृत्यु भएको थियो ।

    उनको कोभिड सङ्क्रमणको नतिजा राती ९ वजे आएको थियो । मृतकको शव आफन्तले लगेका छन् । भरतपुर अस्पतालमा उपचाररत नवपरासी (वर्दघाट सुस्ता पुर्ब) कावासोतीका एक बृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

    कावासोती नगरपालिका वडा नम्बर ८ का ७१ बर्षिय बृद्ध निमोनियाको सङ्क्रमणका कारण बैशाख २८ गते अस्पताल भर्ना भएका थिए । उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    कोरोना सङ्क्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको विहिबार राती ९ वजे मृत्यु भएको हो । मृतकको शब व्यवस्थापनका लागि नेपाली सेना संग समन्वय गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.