राष्ट्रिय

चीनले दिएका २० थान पोर्टेबल भेन्टिलेटरसहितका सामग्री तातोपानीमा हस्तान्तरण
-न्युजभित्तो

काठमाडौं,, १८ जेठ । चीनले महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेका थप स्वास्थ्य सामग्री तातोपानी ल्याएर हस्तान्तरण गरेको छ । चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ विदेश मन्त्रालयमार्फत प्रदान गरिएका २० वटा पोर्टेबल भेन्टिलेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नेपाल आइपुगेका...

सुनको मूल्य तोलामा ३ सयले बढ्यो
-न्युजभित्तो

काठमाडौं, १८ जेठ । सुनको मूल्य मंगलबार नेपाली बजारमा तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार २...

सङ्क्रमणमा कमी आएपछि कोभिड–१९ विशेष अस्पतालमा घटे बिरामी
-न्युजभित्तो

काठमाडौँ, १८ जेठ । कोभिड–१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ । अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र कोरोनाका बिरामी रहेकाले कामपाले तत्काल...

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी
-न्युजभित्तो

काठमाडौं,१८ जेठ। मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी...

संवैधानिक इजलास यथावत, मुद्दा सुनुवाइअघि न्यायाधीशको राय आउने
-न्युजभित्तो

काठमाडौं, १८ जेठ  । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथिको सुनुवाइ आज पुनः शुरु हुँदैछ । संवैधानिक इजलासका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेजवहादुर केसीको सम्बन्धमा विपक्षी गठबन्धनका कानून व्यवसायीले प्रश्न उठाए...

कांग्रेसको अन्तर्राष्ट्रिय शाखाबाट कोरोना पीडितलाई २१ लाख सहयोग
-न्युजभित्तो

काठमाडौँ, १८ जेठ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ...

प्रेस चौतारीबाट बजेटको स्वागत
-न्युजभित्तो

काठमाडौँ, १८ जेठ  । प्रेस चौतारी नेपालले सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा आफूहरुले लामो समयदेखि उठाउँदै आएका मुद्दाहरुलाई इतिहासकै पहिलोपटक सहीरूपमा सम्बोधन गरेको जनाउँदै स्वागत गरेको छ । चौतारीका अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति जारी गरी बजेटले प्रेस तथा...

एसइई परीक्षा नहुने, आन्तरिक मूल्याङ्कनबाट गर्ने सरकारको निर्णय
-न्युजभित्तो

काठमाण्डौं, १८ जेठ । दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई परीक्षा नगर्ने निर्णय गरेको हो । एसइई...

नागरिकको मानव अधिकारको रक्षा गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, १७ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले नागरिकमाथि दुव्र्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच,...

विपक्षीप्रति ओलीको कटाक्ष- आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश मात्र मान्ने रे
-न्युजभित्तो

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै आक्रोश पोखेका छन् । एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने...