सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारीबाट बजेटको स्वागत


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १०:३३ 
  • काठमाडौँ, १८ जेठ  । प्रेस चौतारी नेपालले सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा आफूहरुले लामो समयदेखि उठाउँदै आएका मुद्दाहरुलाई इतिहासकै पहिलोपटक सहीरूपमा सम्बोधन गरेको जनाउँदै स्वागत गरेको छ ।

    चौतारीका अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति जारी गरी बजेटले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन र पत्रकारको क्षमता अभिवृद्धिका साथै कारोना महामारीमा परेका श्रमजीवी पत्रकार र सञ्चार उद्योगलाई राहत एवं आडभरोसा दिएकाले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने जनाउनुभएको छ ।

    बजेटमा श्रमजीवी पत्रकारको रु सात लाखसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले बेहोर्ने, आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रका आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने, सञ्चारकर्मीको पेशागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने विषय समावेश छन् ।

    यसैगरी नेपाली प्रेस र पत्रकारिताको इतिहासलाई जीवन्त राख्न सञ्चारग्राम परिसरमा प्रेस सङ्ग्रहालय स्थापना गर्ने, पत्रकार महासङ्घको भवनलाई पूर्णता दिन बजेटको व्यवस्था गर्ने, कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई नवीकरण मिनाहा गर्ने, पुनरकर्जा तथा व्यावसायिक निरन्तरता कर्जा सुविधा दिइनेजस्ता सिधै श्रमजीवी पत्रकार र कोरोनाले धर्मराएको मिडिया उद्योग लाभान्वित हुने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

    बजेटमा सरकारी विज्ञापनमा सबै प्रकारका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमको न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने व्यवस्था पनि रहेको छ । बजेटमा एनटिभी वल्र्ड सञ्चालन गर्ने, शैक्षिक च्यानल र मौसम च्यानल स्थापना गर्नेजस्ता विषय पनि स्वागतयोग्य भएको अध्यक्ष बस्नेतले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.