चीनले दिएका २० थान पोर्टेबल भेन्टिलेटरसहितका सामग्री तातोपानीमा हस्तान्तरण
न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार ११:१६
काठमाडौं,, १८ जेठ । चीनले महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेका थप स्वास्थ्य सामग्री तातोपानी ल्याएर हस्तान्तरण गरेको छ ।
चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ विदेश मन्त्रालयमार्फत प्रदान गरिएका २० वटा पोर्टेबल भेन्टिलेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाल आइपुगेका अन्य सामग्रीमा दश वटा डीआर मेसिन, २० वटा पोर्टेबेल अल्ट्रासाउण्ड र ३० वटा ऐनेस्थेसिया मेसिन छन् । चीनले यसअघि पनि विभिन्न राज्यहरुमार्फत मेडिकल सामग्री सहयोग गरिरहेको छ ।
चीनले अनुदानमा दिएको १० लाखमध्ये ८ लाख डोज खोप आजै नेपाल ल्याइँदैछ ।