राष्ट्रिय

रवि लामिछानेसहित तीन जनालाई दश दिनको माग गरिएकोमा पाँच दिनको म्याद थप

चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थपका लागि तीन जनालाई शुक्रबार अदालत पेश गरेको थियो । कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लका अनुसार...

पक्राउ परेका रवि लामिछानेसहित तीनैजनालाई प्रहरीले चितवन ल्यायो

चितवन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ गरेका रवि लामिछानेसहित तीनै जनालाई चितवन ल्याएको छ । पक्राउ परेर चितवन ल्याइएकामा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्की रहेका छन्...

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ

चितवन । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने र कँडेललाई न्युज २४ को कार्यालय काठमाण्डौंबाट पक्राउ गरिएको हो भने कार्कीलाई तिलिङ्गेटार काठमाण्डौंबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी...

स्वर्गीय दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । वरिष्ठ साहित्यकार एवम् पत्रकार स्व मदनमणि दीक्षितको पशुपति आर्यघाटमा आज अपराह्न अन्त्येष्टि गरिएको छ । उहाँको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले उहाँलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व दीक्षितलाई उहाँका छोरा विनोदले...

थानकोट नाका : लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु

काठमाडौँ । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ । वृत्तका प्रमुख, प्रहरी...

वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन

काठमाडौँ । बरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज विहान निधन भएको छ । निवासमै बेहोस भएका दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । दीक्षितलाई मुटु, मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो...

आज जनैपूर्णिमा, नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट...

मिडिया काउन्सिल विधेयक संशोधन हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक संशोधन गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको ‘राष्ट्रियसभा र सञ्चार क्षेत्रको भूमिका’ विषयको अन्तरसंवादमा उहाँले विधेयकमा सम्बन्धमा सञ्चार क्षेत्रबाट नै विरोध भएकोले दलहरुबीच संशोधन गरेर...

नवलपरासीको अरुणखोला पुल भाँचिएपछि बैकल्पिक बाटो निर्माण गरी यातायात सञ्चालन

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी...

निजगढ विमानस्थलका लागि अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैले निर्माण गर्छ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलका लागि अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैले निर्माण गर्ने बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको आजको बैठकमा मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने...