जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२, पर्सादेवारकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।
एक साताअघिको सो घटनाको मुद्दा दर्ता गरिएपछि प्रहरीले उक्त घटनाबारे आज जानकारी गराएको हो । एक साताअघि बेलुकी करीब ७ बजे गाउँको दक्षिणतर्फ शौच गर्न गएकी किशोरीलाई चार युवाले सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
एक्लै रहेकी किशोरीलाई चारजना युवाहरुले समातेर मुख थुनी धान खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । पालैपालो चारै जनाले बलात्कार गरेपछि किशोरी अर्धबेहोस भई अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा बस्तीमा पुग्दा स्थानीय तथा आफन्तले उनलाई सोधेपछि घटनाबारे बताएकी थिइन् । किशोरीले आफूलाई बलात्कार गर्नेमा दुई आफन्त नै रहेकोले आफूले चिनेको तथा दुई बाहिरी युवाहरु रहेको बताएकी छिन् ।
प्रहरीले किशोरीलाई बलात्कार गर्ने चारै जना युवाहरु घटना गराएर भारतको मुम्बई भागेका अनुसन्धानबाट पत्ता लागेको जनाएको छ । प्रहरीले पीडित किशोरीको उपचार गराई उनको बयानको आधारमा चारै जनामाथि जबर्जस्ती करणी मुद्दा चलाइसकेको र उनीहरुको खोजतलास भइरहेको तथा उनीहरु चाँडै पक्राउ पर्ने प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।