सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुरानै शैलीले समृद्धि सम्भव छैन : मुख्यमन्त्री पौडेल


  •    /२६ भाद्र २०७६, बिहीबार १८:५१ 
  • चितवन । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सरकार र व्यवसायी मिलेर निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । निर्माण व्यवसायी संघ चितवनको २६ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले हिजोको शैली परिवर्तन गर्न नसके मुलुक समृद्धितर्फ अघि नबढ्ने बताउनु भयो ।

    देशमा स्रोत साधन भएपनि त्यसलाई सहि ढङ्गले परिचालन गर्न नसकेका कारण विकासमा पछि पर्नुपरेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो “हिजोको भन्दा फरक ढङ्गले काम गरे मात्र परिवर्तन सम्भव छ ।” निर्माण व्यवसायीलाई सम्वोधन गर्दै उहाँले भन्नुभयो “हामी सपना मात्र देख्छाँै, त्यो साकार बनाउने काम तपाईंहरुको हो ।”

    निर्माण क्षेत्रमा कमी कमजोरी र ढिलाई हुने गरेको भन्दै उहाँले निर्माण व्यवसायीहरुले नै समयमा काम गर्नेलाई सम्मान र नियतवस ढिला गर्नेहरुलाई कारवाही गर्नुपर्छ भन्नुभयो । काम गर्न खोज्दा सडकमा आउने प्रचलन खराव भएको भन्दै उहाँले भन्नुभयो, “सरकार नयाँ काम गर्न खोज्छ, सडकबाट आन्दोलन सुरु हुन्छ ।” प्रदेश नम्वर ३ मा अब देखिने गरि ठूला आयोजनाहरु बन्ने पनि उहाँको भनाई थियो ।

    कार्यक्रममा प्रदेश ३का भूमिसुधार, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले ईमान्दारितापूर्वक काम गरे जिल्लामा बजेटको अभाव नहुने बताउनु भयो । सोही अवसरमा निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष निकोलश पाण्डे, महासचिव रोशन दाहाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष यामबहादुर परियार, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।

    अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । संघको प्रथम उपाध्यक्षमा केशव लामिछाने र महासचिवमा पुस्तक गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.