सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डेङ्गुको प्रकोप : सभामुखद्वारा सरकारको ध्यानाकर्षण, सदनलाई जानकारी गराउन निर्देशन


  •    /२६ भाद्र २०७६, बिहीबार १६:४४ 
  • काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा मुलुकभर प्रकोपका रुपमा देखिएको डेङ्गुका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा यथासक्य छिटो सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ ।

    प्रतिनिधसभामा केही दिन अगाडिदेखि तथा आजको शून्य समयमासमेत सांसदहरुले डेङ्गु प्रकोपको बारेमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुख महराले सरकारको नाममा विशेष रुलिङ गर्नुभएको हो ।

    सभामुख महराले भन्नुभयो, “केही दिनयता भएका संसद्को बैठकमा नियमितजसो डेङ्गुबारे माननीयहरुले कुरा उठाउँदै आउनुभएको छ, उक्त रोगको प्रकोपको अवस्था र नियन्त्रणका लागि भइरहेको प्रयासबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउदछु ।”

    आजको बैठकको शून्य समयमा सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदहरुले मुलुकमा डेङ्गु रोगको महामारी फैलिएको भन्दै सरकारको स्पष्ट जवाफ माग गर्नुभएको थियो ।

    उहाँहरुले महामारीको रुपमा फैलिएको भनिएको डेङ्गुको प्रकोपको अवस्था र रोग नियन्त्रणका लागि भएको प्रयासबारे यथाशीघ्र सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

    शून्य समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कृष्णगोपाल श्रेष्ठले डेङ्गुबारे सरकारले स्पष्ट जानकारी नदिएको भन्दै तत्काल यो विषय सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

    “अब कतिजना सांसदलाई डेङ्गो भएपछि सरकारको ध्यानाकर्षण हुने हो ? यस विषयमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्यो,” उहाँले भन्नुभयो । नेकपाकै सांसद खगराज अधिकारीले डेङ्गो रोगको प्रकोप हो या महामारीकै रुप लिएको हो ? भनी प्रश्न गर्दै यसबारे सरकारको स्पष्ट धारणा माग गर्नुभयो ।

    उहाँले भन्नुभयो, “मुलुकभर डेङ्गुबारे व्यापक हल्ला फिँजिएको छ, महामारीकै रुप लिएको हो कि ? यदि त्यसो हो भने सांसदलगायत सबैले महामारी समाप्त पार्न योजनाबद्ध कार्यक्रम लागूगर्नुपर्छ ।”

    सांसद जुलीकुमारी महतोले पनि डेङ्गु प्रकोपबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने धारणा राख्नुभयो । उहाँले ठूला पूर्वाधारमा लगानी बढाउने नीति तथा लगानीमैत्री वातावरण सिर्जना गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

    नेपाली काङ्ग्रेसकी उमा रेग्मीले डेङ्गुको महामारी नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै हरेक वर्षजसो डेङ्गुले दुःख दिँदा पनि कीट प्रकोप नियन्त्रणका लागि ध्यान किन दिइएन भनि प्रश्न गर्नुभयो ।

    काङ्ग्रेसकै सञ्जयकुमार गौतम, तेजुलाल चौधरी, सुजाता परियारलगायतले डेङ्गु प्रकोपबारे सरकारले स्पष्ट जवाफ नदिएको भन्दै स्वास्थ्य मन्त्रालय र स्वास्थ्यमन्त्रीको समेत ध्यानाकर्षण गराउनुभयो ।

    सांसद गगन थापाले काठमाडौँकै एक विद्यालयका प्रधानाध्यापकले सुत्केरी महिलालाई बिदा नदिएर अमानवीय व्यवहार गरेको विषय आपत्तिजनक छ भन्दै त्यसमा संलग्नलाई कानूनी कारवाही गर्न माग गर्नुभयो ।

    सांसद गणेश विकले मुलुकमा बढ्दो व्यापार घाटा नियन्त्रणका लागि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि प्रभावकारी कदम चाल्न सरकार समक्ष माग गर्नुभयो ।

    सांसद घनश्याम खतिवडाले एनसेल प्रकरणले राज्यलाई ठगी गरेको आरोप लगाउँदै यसको कर असुलीबारे सरकारको धारणा माग गर्नुभयो । सांसद शेष चाँदताराले पछिल्ला दिनमा बालबालिका हराउने क्रम बढेको र चितवन, भक्तपुरलगायत जिल्लाबाट हराइरहेका बालबालिकाको खोजी गर्न तथा काठमाडौँका विभिन्न नाकामा निगरानी बढाउन ध्यानाकर्षण गराउनुभयो ।

    सांसदहरु उमाशङ्कर अरगरिया, आशाकुमारी विक, इन्दुकुमारी शर्मालगायतले तराई–मधेशमा केहीसमयअघि बाढीको प्रकोपसँगै अहिले पुनःवर्षात् नभएपछि खडेरीले कृषिजन्य बालीनाली नस्ट भएको भन्दै तत्काल सुक्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.