राष्ट्रिय

वार्षिक छ अर्बको सौन्दर्यजन्य सामग्री आयात

काठमाडौँ । सौन्दर्य तथा ‘कस्मेटिक’ व्यवसायका क्षेत्रमा वार्षिक करीब रु छ अर्बको सामग्री आयात हुने गरेको छ । आगामी मङ्सिर ५ देखि ८ गतेसम्म गर्न लागेको ‘हेल्थ एण्ड ब्युटी एक्स्पो’ का बारे जानकारी दिन ब्राण्डवर्थ प्राइभेट लिमिटेडले आज काठमाडौँमा...

पत्रकार महासङ्घले अनुगमन गर्ने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा लागू गरे/नगरेको बारेमा अनुगमन गर्ने भएको छ । महासङ्घका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्ट नेतृत्वको छुट्टाछुट्टै टोलीले शुक्रबारदेखि सञ्चार प्रतिष्ठानको...

चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड आइपुग्यो

काठमाडौँ । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड आइपुगेको हो । ‘ग्लोबल टेण्डर’ मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि...

यो वर्ष दशैँसम्मै वर्षा हुने

काठमाडौँ । यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान...

प्रेमजालमा पारेर भारतमा बेचिएकी महिला भागेर घर आइन्

महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार...

गोली प्रहार गरी चार डाँका पक्राउ

धनुषा । धनुषा प्रहरीले आज बिहानै डाँकाको एक समूहलाई गोली प्रहार गरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान साढे ३ बजे गोली प्रहार गरी चार डाँकालाई पक्राउ गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी...

फ्रिजमा करेन्ट लागेर तीन जनाको मृत्यु

धनुषा । धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा होटेल...

बलात्कार कसुरमा १४ वर्ष कैद सजायको फैसला

स्याङ्जा । एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले १४ वर्ष कैद सजायको फैसला गरेको छ । विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित बालिकालाई रु...

वैदेशिक रोजगार व्यवसायी सङ्घमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ । सङ्घको २७औँ साधारणसभाअन्तर्गत गएराति सम्पन्न निर्वाचनका क्रममा नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो । सङ्घको अध्यक्षमा विष्णुप्रसाद...

गाईलाई मासुजन्य जनावरका रुपमा प्रचार : दोषीलाई कारवाहीको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको समेत तस्वीर राखी गाईलाई मासुजन्य जनावरका रुपमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले मङ्गलबार विज्ञप्ति जारी गरी बडादशैँलगायत चाडलक्षित प्रचार सामग्रीमा हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर...