सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व तिहार : प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/११ कार्तिक २०७६, सोमबार ०६:२८ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिको विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताउनुभएको छ । यमपञ्चक (तिहार) अर्थात् दीपावलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “तिहार प्रकृतिसँग र पशुपक्षीसँग मिलेको छ, काग, कुकुर, लक्ष्मी (गाई) र गोरुको पूजा गरिन्छ, त्यसैले प्रकृतिका विभिन्न पक्षबीचको सन्तुलनसमेत यस पर्वमा प्रतिबिम्वित हुन्छ ।” उहाँले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताउँदै सन्देशमा भन्नुभएको छ, “उज्यालोको चाड भएकाले यसलाई दीपावली पनि भनिन्छ, दीप अर्थात् उज्यालोको प्रतिक बत्ती बालेर चाड मनाउने गरिन्छ, तिहार सयपत्री, मखमलीलगायत फूलहरु प्रयोग हुने चाड हो ।”

    “परिवारका सदस्य खासगरी दिदीभाई–दाजुबहिनीको मिलनको चाड पनि भएकाले यसलाई उज्यालोको चाड, मिलनको चाडका रुपमासमेत लिन सकिन्छ”, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । उहाँले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.