राष्ट्रिय

मानव अधिकार आयोग पर्व बिदामा पनि खुला रहने
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरु आगामी दशैँ, तिहार तथा छठ बिदाका दिनमा दिउँसो ११ बजेदेखि २ बजेसम्म खुला रहने भएका छन् । आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले बिदाका दिनमा...

पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन
-न्युजभित्तो

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उहाँले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध...

पत्रकारको सुरक्षामा गम्भीर बन्न उपाध्यक्ष पोखरेलको सरकारसँग आग्रह
-न्युजभित्तो

काठमाडौँ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले समाचार लेखेकै आधारमा पत्रकार अजयबाबु शिवाकोटीलाई सुरक्षा चुनौती आएको बताउँदै शिवाकोटीको सुरक्षामा गम्भीर बन्न सरकारसँग आग्रह गर्नुभएको छ । पोखरेलले समाचारका विषयमा चित्त नबुझेमा अपनाउनु पर्ने बाटो खुला हुँदाहुँदै सुरक्षा चुनौती...

हामी कतै झुक्दैनौँ, कतै ढल्कँदैनौँ : प्रधानमन्त्री ओली
"‘मित्रताको मूल्य नै सर्वाधिक’ "
-न्युजभित्तो

   श्याम रिमाल/प्रकाश सिलवाल काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताउनुभएको छ । राष्ट्रिय समाचार समितिसहित सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग प्रधानमन्त्री निवासमा आज अपराह्न...

सङ्घीयता अध्ययन केन्द्र स्थापना
-न्युजभित्तो

काठमाडौैँ । परिवर्तित संरचननुसार सार्वजनिक प्रशासन तथा विभिन्न तहका सरकारको क्षमता अभिवृद्धि गर्दै सङ्घीय शासन प्रणालीका विभिन्न पक्षमा अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि गर्न विशिष्ट संस्थाको आवश्यकता महसुस गरी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सङ्घीयता अध्ययन केन्द्र स्थापना गरी सञ्चालनमा...

कृष्णबहादुर महराबाट दुर्व्यवहार भएको भनिएकी रोशनी शाहीले प्रहरीमा दिइन् निवेदन
-न्युजभित्तो

काठमाडौँ । सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुर्व्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूमाथि कुनै दुर्व्यवहार नभएको दावी गर्दै प्रहरीलाई निवेदन दिएकी छिन् । शाहीले तिनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा आज साँझ आफैँ उपस्थित भएर आफू...

राजधानीबाट बुधबारसम्म १२ लाख मानिस बाहिरिए
-न्युजभित्तो

काठमाडौँ । दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि बुधबारसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार...

सभामुख महराको राजीनामा सूचनापत्रमार्फत जानकारी
-न्युजभित्तो

काठमाडौँ । सङ्घीय संसद् सचिवालले कृष्णबहादुर महराले सभामुख पदबाट दिनुभएको राजीनामासम्बन्धी सूचना आज प्रकाशित गरेको छ । संसद् सचिवालयमा कार्यरत एक महिलामाथि दुव्र्यवहार भएको आरोप लागेपछि छानबिन गर्न सहज होस् भनी उहाँले मङ्गलबार संवैधानिक व्यवस्थाअनुरुप उपसभामुखसमक्ष राजीनामा दिनुभएको थियो...

आज अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो आयो शुभकामना
-न्युजभित्तो

काठमाडौँ । आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्धेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।...

चार हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
"विवरण नबुझाउनेलाई पाँच हजार जरिवाना "
-न्यूजभित्तो

काठमाडौँ । आर्थिक वर्ष २०७५/०७६ मा करीव चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिनुभयो । आव शुरु भएको ६० दिनभित्र...