सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतमोहन अधिकारीको बैंक खातामा रहेको रकमबाट अक्षयकोष स्थापना गरिने


  •    न्युजभित्तो/९ कार्तिक २०७६, शनिबार २०:३२ 
  • काठमाडौँ । दिवङ्गत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । उहाँ पूर्वउपप्रधान एवं अर्थमन्त्रीसमेत हुनुहुन्थ्यो ।

    अधिकारीको प्रथम वार्षिकीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोषको घोषणा गरिने ‘भरतमोहन अधिकारी फाउण्डेशन’ले जनाएको छ । फाउण्डेशनको आज बसेको तेस्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जीवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

    फाउण्डेशनका महासचिव पद्म खतिवडाले रु २५ लाखबाट कोष शुरु गरिने जानकारी दिनुभयो । दिवङ्गत हुनुअघि अधिकारीले पारिवारिक सदस्यलाई आफ्नो बैंक खातामा रहेको रु २५ लाखको अक्षयकोष स्थापना गरिदिन भनेकाले उहाँको चाहना पूरा गर्न सो निर्णय गरिएको खतिवडाले बताउनुभयो ।

    अक्षयकोषमा भरतमोहनका पारिवारिक नातेदारदेखि उहाँले राजनीतिक जीवनमा सहकार्य गरेका शुभेच्छुकलाई ऐच्छिकरुपमा रकम दानका लागि अपिल गरिने फाउण्डेशनले जनाएको छ । कोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा सहकारीको क्षेत्रमा विशेष योगदान गर्ने एक जनालाई क्रमशः पुरस्कृत गरिने जनाइएको छ ।

    फाउण्डेशनले स्व. अधिकारीको पहिलो वार्षिकी पारेर ‘हाम्रो नजरमा भरतमोहन’ नामका स्मृति ग्रन्थ (पुस्तक) समेत सार्वजनिक गर्ने भएको छ । पुस्तकमा अधिकारीका बालसखादेखि राजनीतिक जीवनका विभिन्न मोड र कालखण्डमा सहकार्य गरेका नेता÷कार्यकर्ता, पूर्वअर्थमन्त्री रामशरण महत, महेश आचार्य, बाबुराम भट्टराई, वर्षमान पुन, सुरेन्द्र पाण्डे र वर्तमान अर्थमन्त्री डा युवराज खतिवडासम्मका आलेख समावेश गरिनेछ । यस्तै पुस्तकमा अधिकारी उपप्रधान र अर्थमन्त्री रहँदा विभिन्न मञ्चमा व्यक्त गरेका विचारसमेत समेटिनेछन् ।

    वि.सं.२०५१मा एमाले नेतृत्वको नौ महिने अल्पमत सरकारका अर्थमन्त्री रहेका बेला ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम शुरु गरेर जनतामाझ लोकप्रिय छवि बनाउनुभएका अधिकारीको ८२ वर्षको उमेरमा गत फागुन १८ गते निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.