राजनीति
जनकपुर, ७ मङ्सिर । जनकपुर, ७ मङ्सिर नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले न्यायालयभित्रको विवाद वार्ता र संवादका माध्यमबाट छिटोभन्दा छिटो हल गर्नुपर्ने बताउनुभएको छ । जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले भन्नुभयो,“हरेक समस्याको समाधान गर्ने...
काठमाडौँ, ७ मङ्सिर । नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठक केही समयका लागि स्थगित भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली सम्पादकसँगको छलफल कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले केही समयका लागि स्थगित गरिएको...
नवलपुर, ७ मङ्सिर। नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । नारायणी नदी किनारमा हुने महाधिवेशनको...
काठमाडौँ, ७ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताउनुभएको छ । बझाङका जनप्रतिनिधिले आज उहाँलाई भेटेर आफ्नो जिल्लालाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग गरेपछि प्रधानमन्त्री देउवाले...
चितवन,७ मंसिर । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ क्षेत्रीय सभापतिमा किरणभूषण ओली निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत भएको क्षेत्रीय अधिवेशनमा निकटम प्रतिद्वन्द्वी इन्द्रकमल बुढाथोकीलाई ६८ मतान्तरले पछि पार्दै ओली क्षेत्रीय सभापतिमा विजयी भएका हुन्। पार्टीमा शेरबहादुर देउवा निकट मानिने...
चितवन, ७ मङ्सिर । नेकपा एमालेको महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । एमाले महाविधेशनमा चितवन र नवलपुरमा गरी १५ सय बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । महाधिवेशन उद्घाटनका दिन चितवनतर्फ नेपाल प्रहरीको ८००, सशस्त्र प्रहरीको ४५०, राष्ट्रिय...
भोजपुर, ७ मङसिर । नेपाली कांग्रेस भोजपुर जिल्लाको सभापतिमा विनोद बान्तावा निर्वाचित हुनुभएको छ । पार्टीको चौधौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उहाँले ४१५ मत ल्याउनुभएको थियो । वान्तावाका प्रमुख प्रतिपक्षी नन्दमणी राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याउनुभएको थियो । तीनै...
चितवन, ७ मंसिर । बागमती प्रदेशकी सांसद गीता वाग्ले महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । आज (मंगलबार) विहान सार्वजनिक मतपरिणाम अनुसार सांसद वाग्ले आठौं स्थानमा रहँदै पराजित भएकी हुन् । उनी चितवन क्षेत्र नं. २ बाट महिलातर्फ महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार...
चितवन, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको...
चितवन,६ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एमालेको महाधिवेशन दुराशययुक्त अभियानका रूपमा चितवनमा गर्न लागिएको आरोप लगाएकी छन् । भरतपुर महानगरको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कम्युनिष्ट आन्दोलनको नेतृत्वकर्तालाई समाप्त गर्न महाधिवेशन भरतपुरकेन्द्रित गरिएको जिकिर गरिन् । ‘हिजो आन्दोलन...












