सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेबारे परामर्श भइरहेको छ : प्रम देउवा


  •    न्युजभित्तो/७ मंसिर २०७८, मंगलवार १४:५८ 
  • काठमाडौँ, ७ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताउनुभएको छ ।

    बझाङका जनप्रतिनिधिले आज उहाँलाई भेटेर आफ्नो जिल्लालाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग गरेपछि प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । गत असोज ३१ देखि कात्तिक २ गतेसम्म अविरल बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले बझाङमा ठूलो जनधनको क्षति भएको थियो ।

    भेटमा प्रधानमन्त्री देउवाले सो विपद् लगत्तै आफै स्थलगत अध्ययनमा गएको र त्यहाँको अवस्था अवलोकन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा बाढीपहिरो प्रभावितलाई आवश्यक सहयोग र क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण बारे सरसल्लाह हुदैछ ।”

    खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आपूर्ति तत्काल गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले बाढीपहिरोले कतिपय स्थानमा राजमार्ग नै पूरै बगाएकाले नयाँ र दिगो बाटो बनाउन दातृ निकायसँग समेत कुरा गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवालाई बझाङस्थित सबै दलका सङ्घीय र स्थानीय जनप्रतिनिधिले सामूहिक रुपमा भेटेर बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे अवगत गराउँदै आफ्ना विभिन्न मागसहतिको ज्ञापनपत्र बुझाउनुभएको थियो ।

    उक्त बाढीपहिरोमा परी बझाङमा ३१ जनाको ज्यान जानुका साथै बाढीपहिरोले नदी तथा खोला किनाराका हजारौ हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । जिल्लाका झण्डै ५०० परिवार भन्दा बढीको घरखेत बगाएर उठिबास भएको र २०० भन्दा बढी परिवार सुकुम्वासी भएको जनप्रतिनिधिले जानकारी गराउनुभएको छ ।

    बाढीपहिरोले जिल्लामा भएका अधिकांश सरकारी तथा गैरसरकारी भौतिक संरचना सडक, विद्यालय भवन, सिँचाइ नहर तथा सिँचाइ कुला, स्वास्थ्य संस्था, सार्वजनिक भवन तथा धार्मिकस्थल, झोलुङ्गे पुल, विद्युत् गृह तथा विद्युत्लाईन, पक्की मोटेरेबल पुलसमेत बगाएका छन् ।

    पीडित परिवारलाई तत्कालै आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, भौतिक संरचना पुनःनिर्माणका लागि छुट्टै परियोजना युनिटको स्थापना गर्न, खेतीयोग्य जमिन सुधार गर्न “कामका लागि दाम” कार्यक्रम सञ्चालन गर्न, पूर्णरुपले क्षति भएका घरपरिवार र घर जमिन बगाएका बस्तीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न जनप्रतिनिधिले माग गर्नुभएको छ ।

    दक्षिण एशियालाई जोड्ने नेपालको सबै भन्दा छोटो त्रिदेशीय नाकाका रुपमा रहेको चैनपुर ताक्लाकोट सडकलाई राष्ट्रिय गौरबको आयोजनामा समावेश गरी दू्रतगतिमा काम अगाडि बढाउनुपर्ने समेत उहाँहरुको माग छ । भेटमा सांसद भैरबबहादुर सिंह, प्रकाश रसाइली, संविधानसभा सदस्य चन्द्रादेवी जोशी, अफिलाल ओखेडा, जिल्ला समन्वय समिति बझाङका संयोजक खडकबहादुर खड्का, जिल्लास्थित प्रमुख दलका स्थानीय नेतृत्व, सबै स्थानीय तहका प्रमुख र नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.