सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेस चितवन क्षेत्र नं १ को सभापतिमा ओली निर्वाचित


  •    न्युजभित्तो/७ मंसिर २०७८, मंगलवार १४:५० 
  • चितवन,७ मंसिर । नेपाली कांग्रेस चितवन क्षेत्र नं १ क्षेत्रीय सभापतिमा किरणभूषण ओली निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत भएको क्षेत्रीय अधिवेशनमा निकटम प्रतिद्वन्द्वी इन्द्रकमल बुढाथोकीलाई ६८ मतान्तरले पछि पार्दै ओली क्षेत्रीय सभापतिमा विजयी भएका हुन्।

    पार्टीमा शेरबहादुर देउवा निकट मानिने ओलीले ४९१ मत र बुढाथोकीले ४२३ मत प्राप्त गरेका छन्। सचिवमा दीपकराज पौडेल ९४७२० र उमेश गिरी ९४२४०, सह–सचिमा माधवप्रसाद पौडेल ९४००० र दीपनारायण चौधरी ९३९५० प्राप्त गरी विजयी भएका छन्।

    कार्यसमिति सदस्यमा लक्ष्मी थापा भट्ट ९४४९०, बुद्धिसेन चौधरी ९४३३०, नारायणप्रसाद भट्टराई ९३८४०, टीकाप्रसाद भन्तना ९३७१०, संगिता उप्रेती ९४४८०, जयराम अधिकारी ९४५७०, कमला श्रेष्ठ ९४४६०, विवेक उदास ९५०७०, राधा विक ९४४३० निर्वाचित भएका छन्। कार्यसमिति सदस्यका लागि बन्धुराम चौधरी र केशव प्रजा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

    केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुलातर्फ भेषराज दुवाडी ९४८७०, उत्तम आचार्य ९४३१०, कुमार कार्की ९४०६०, राजेन्द्र बुर्लाकोटी ९३९७०, दिवाकर अर्याल ९३९५०, शरदकुमार बर्तौला ९३६८०, राजुप्रसाद सिलवाल ९३५७०, प्रदीप बस्नेत ९३७२०, बासु ढुंगाना ९३४९०, प्राडा तीर्थराज खनियाँ ९३४४० विजयी भएका छन्।

    त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष महिलातर्फ नीता ढकाल ९४८२०, गीता देवकोटा ९४६८०, सावित्री बोगटी पाठक ९४४२०, शशी महतो ९३६३० मतका साथ विजयी भए।

    केन्द्रीय महाधिवेशन प्रतिनिधिअन्तर्गत समाबेसीतर्फ खसआर्य महिलामा शशी रानाभाट ९५५५०, सरस्वती पौडेल ९४१३०, खसआर्य खुलातर्फ नेमराज शर्मा पौडेल ९४२२०, सरोज कुँवर ९३५४०, आदिवासी जनजाति महिलातर्फ कमलादेवी श्रेष्ठ ९४७३०, आदिवासी जनजाति खुलातर्फ धनबहादुर गुरूङ ९५३९०, जयन्द्रकुमार श्रेष्ठ ९४९१०, दलित खुलातर्फ शेरबहादुर परियार ९४७२०, थारु महिलातर्फ चन्द्रकुमारी चौधरी ९४५१०, थारु खुलातर्फ चन्द्रबिक्रम चौधरी ९३०६०, मधेशी, मुश्लिम, अल्पसंख्यक, अपांगतर्फ महेश रौनियार ९३०४० मतका साथ निर्वाचित भएका छन्। कुल ९५१ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ९४२ मत खसेको थियो ।

    जिल्लाको क्षेत्र न‌ं। २ र ३ को मतपरिणाम भने आउन बाँकी छ। हाल मत गणना कार्य जारी रहेको जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले जानकारी दिए। आजै साँझसम्ममा सबै क्षेत्रको मतपरिणाम आइसक्ने उनले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.