सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको महाधिवेशन दुरुसायुक्त अभियानका रुपमा चितवन ल्याईयो : मन्त्री भुषाल


  •    न्युजभित्तो/६ मंसिर २०७८, सोमबार १६:३१ 
  • चितवन,६ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एमालेको महाधिवेशन दुराशययुक्त अभियानका रूपमा चितवनमा गर्न लागिएको आरोप लगाएकी छन् ।

    भरतपुर महानगरको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कम्युनिष्ट आन्दोलनको नेतृत्वकर्तालाई समाप्त गर्न महाधिवेशन भरतपुरकेन्द्रित गरिएको जिकिर गरिन् । ‘हिजो आन्दोलन दमन गर्न सकेनन्, प्रतिगमन र प्रतिक्रान्तिबाट समाप्त गर्न नसकेपछि अहिले नेतृत्वलाई पराजित गर्न सकिन्छ कि भनेर एउटा दुराशययुक्त अभियानद्वारा हिँडेका छन्’, उनले भनिन्, ‘यही भरतपुरलाई थलो बनाउन खोजेको देखिरहेका छौँ, केही दिनमै नारायणी किनारमा कुम्भ मेलाका रूपमा हुँदैछ भन्ने सुनेको छु ।’

    उनले परिवर्तनको आन्दोलनमा साथ दिएको चितवन त्यस्ता भ्रममा नपर्ने बताइन् । ‘म सक्रिय राजनीतिमा प्रवेश गर्दा चितवनलाई ७६ जिल्ला भनिन्थ्यो, अहिले ७८ औँ जिल्ला हो’, उनले भनिन्, ‘विगतको आन्दोलनका भूमिका र त्यसको जगमा पैदा भएका जनता परिवर्तनमा खेलेको भूमिका, समाजवादको दिशामा अगाडि बढ्ने चितवनले कुनै प्रतिगमनकारी, प्रतिक्रान्तिलाई साथ, सहयोग दिने छैन ।’

    मन्त्री भुसालले नारायणी नदी तटबन्धन गर्न ३ वर्षलाई ५ अर्बको बजेट सुनिश्चित भइसकेको बताइन् । उनका अनुसार चितवनतर्फ १७ किमि र नवलपुरतर्फ १८ किमि तटबन्धन हुनेछ । यस्तै माडीका खोलाहरूको तटबन्धन गर्न २० करोड बजेट स्वीकृति भएकाले छिट्टै काम सुरू हुने बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.