राजनीति
गण्डकी, ७ माघ । प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका राजनीतिक दल निर्वाचनमा होमिएका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा १८ राजनीतिक दलका उम्मेदवारसँगै छ जना स्वतन्त्र उम्मेदवार गरी ४९ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी...
कञ्चनपुर, ७ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी गतिविधि पनि बढ्न थालेका छन् । मनोनयनपछि मुख्य राजनीतिक दलका उम्मेदवारहरू विकास, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र रोजगारीलाई केन्द्रमा राखेर मतदातामाझ...
काठमाडौँ, ७ माघ । मनोनयन पत्र दर्ता गरी उम्मेद्वारको सूचीमा समावेश भएका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने छ । प्रतिनिधिसभा निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको योग्यता पुगेको छैन...
युवा उम्मेदवारलाई प्राथमिकता, संविधान र लोकतन्त्रको पक्षमा जनमत सङ्कलन गर्ने घोषणा काठमाडौँ, ६ माघ । नेकपा (एमाले) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । युवा पुस्ता र नयाँ अनुहारलाई प्राथमिकता दिंदै उम्मेदवारी...
बरहथवा (सर्लाही), ६ माघ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा नेता सुरेन्द्र लामा र समर्थकमा विवेक मैनाली रहनुभएको नेता श्रेष्ठका स्वकीय सचिव उपदेश यादवले राससलाई जानकारी...
काठमाडौँ, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा दिउँसो ०४ः३० बजेसम्म २ हजार १७ उम्मेद्वारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ताका लागि अहिले पनि कागजात बोकेकाहरू...
काठमाडौँ, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहका कतिपय जनप्रतिनिधिहरू धमाधम पदबाट राजीनामा दिँदै उम्मेदवारी दर्तामा जुटेका छन् । महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष...
म्याग्दी, ६ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट राजीनामा दिनुभएका महावीर पुनले गृहजिल्ला म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । म्याग्दीको बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार सबैभन्दा पहिले पुनले मनोनयनपत्र दर्ता गर्नुभएको हो...
झापा, ६ माघ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको आज निरीक्षण गर्नुभएको छ । झापा–५ मा आज उम्मेदवारी मनोनयनका लागि आउनुभएका अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते जेनजी...
लुम्बिनी, ६ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ताका क्रममा निर्वाचन क्षेत्र नं...

















