सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्सामा एक हजार ९० अस्थायी मतदाता


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार १२:४३ 
  • वीरगञ्ज (पर्सा),१८ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक हजार ९० जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पर्सामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

    जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारले पर्सामा सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकाय लगायतका एक हजार ९० जना अस्थायी मतदाताले प्रतिनधिसभाको समानुपातिकतर्फको मतदान गर्न पाउने बताउनुभयो ।‘‘निर्वाचनको लागि मतदान केन्द्रमा खटिनुभएका कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्न पाउने व्यवस्था गरेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘अन्य मतदाताको हकमा भने वीरगञ्ज कारागार र जिल्ला हुलाक कार्यालय पर्साको प्राङगणमा मतदान गर्ने व्यवस्था मिलाएका छौँ ।’’ वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले वीरगञ्ज कारागारमा रहेका ३५ जना कैदीबन्दी मतदानमा सहभागी हुने जानकारी दिनुभयो ।

    ‘‘मतदाता नामावलीमा नाम समावेश गरेका ३५ जना कैदीबन्दी समानुपतिकतर्फको निर्वाचनमा मतदान गर्दै हुुनुुहुन्छ,’’ उहाँले भन्नुभयो,‘‘कैदीबन्दीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था अनुसार कारागारमा नै अस्थायी मतदान केन्द्र तोकेर मतदानको व्यवस्था मिलाइएको छ ।’’

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्सामा भयरहित निर्वाचनको लागि आवश्यक वातावरण तयार पारेको जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पर्सामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा गर्ने गरी आवश्यक तयारी गरेको बताउनुभयो ।

    जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा १०७ जना उम्मेदवार रहेका छन् । जसमध्ये ४६ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । स्वतन्त्र उम्मेदवारमध्ये पनि सात जना महिला र ३९ जना पुरुष उम्मेदवार रहेका छन् । त्यस्तै राजनीतिक दलको तर्फबाट ६१ जना उम्मेदवार रहेका छन् । यसमध्ये पाँच जना महिला उम्मेदवार र ५६ जना पुरुष उम्मेदवार छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.