सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छः मुख्यमन्त्री पाण्डे


  •    न्युजभित्तो/१८ फाल्गुन २०८२, सोमबार ११:२७ 
  • गण्डकी, १८ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली(फागुपूर्णिमा) पर्वले हाम्रो समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले गर्दै यस पर्वले  हामी सबैमा प्रेम, सद्भाव, आपसी एकता र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सम्मानको सन्देश प्रवाह गर्ने कामना गर्नुभयो ।

    असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजयको खुसियालीमा हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा रङ्गहरूको उत्सवका रूपमा फागुपूर्णिमा (होली) हर्षोल्लासपूर्वक मनाइने सन्देशमा भनिएको छ ।

    प्रेमभाव र आत्मियताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने हाम्रो परम्पराले सामाजिक एकता र सद्भावलाई अझ मजबुत बनाउँदै आएको मुख्यमन्त्रीले भन्नुुभएको छ ।

    “होलीमा प्रयोग हुने थरिथरिका रङ्ग जस्तै हाम्रो नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण छ । यही विविधताबीचको एकताले नै हाम्रो राष्ट्रिय पहिचानलाई बलियो बनाएको छ”, उहाँले भन्नुुभयो, “यस पर्वले हामीबीचको भाइचारा, सहिष्णुता, एकता र सद्भावलाई अभिवृद्धि गर्दै बन्धुत्वको भावनालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

    गण्डकी प्रदेश र हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सुन्दर रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले सबै जाति, भाषा, पेसा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’को सङ्कल्पलाई साकार पार्न सबैको साझा प्रतिबद्धता, एकता र सहभागिता आवश्यक रहेको बताउनुुभयो ।

    यस वर्षको होलीको सङ्घारमा प्रतिनिधिसभा निर्वाचन हुँदै गरेको र निर्र्वाचन लोकतान्त्रिक अभ्यासलाई थप परिपक्व बनाउने महत्वपूर्ण अवसर भएको भन्दै सन्देशमा निर्वाचन केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया मात्र नभइ लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धताको पुनः पुष्टि गर्ने पर्व पनि रहेको उल्लेख गरिएको छ ।

    सम्पूर्ण मतदाताहरूलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अपिल गर्दै उहाँले हाम्रो एक मतले स्थिरता, विकास र समृद्धिको मार्ग तय गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.