अर्थ / बाणिज्य

कालिका नगरपालिकाले दियो २० चेपाङलाई रोजगार

मुग्लिन । चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं ११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो । एसएलसी दिएपछि पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर...

कृत्रिमरूपमा बजेटको आकार ठूलो : पूर्वअर्थमन्त्री डा. महत

चितवन । पूर्वअर्थमन्त्री डा रामशरण महतले कृत्रिमरूपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले ऋण लिएर बजेटको आकार बढाइएको बताउनुभयो । एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले...

उद्योग र व्यवसायीको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री थापा

रत्ननगर । गृहमन्त्री रामबहादुर थापाले उद्योग र व्यवसायीको सुरक्षा सरकारले गर्ने बताउनु भएको छ । रत्ननगर नगरपालिकाले शुक्रबार रत्ननगरमा आयोजना गरेको बृत्ती परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “सरकारले...

आगामी आवमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि : अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताउनुभएको छ । आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको आर्थिक अनुमान (बजेट) माथिको सामान्य छलफलका क्रममा राष्ट्रियसभाका सांसदहरुले उठाउनुभएको विषयको जवाफ दिनुहँुदै उहाँले नेपाल...

सामान ढुवानीसम्बन्धी नयाँ प्रणालीका विषयमा छलफल

चितवन । राजश्व अनुसन्धान विभागले यहाँका व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल गरेको छ । उद्योग वाणिज्य सङ्घ चितवनले शनिबार आयोजना गरेको कार्यक्रममा आगामी साउनबाट अनिवार्यरूपमा लागू गर्न लागिएको वेवमा आधारित भेइकल एण्ड कन्जिङ्म्यान्ट...

बजेटले उद्योगमा पारेको प्रभाव विषयमा अन्तरक्रिया

खैरहनी । चितवन उद्योग संघ खैरहनी इकाई समितिको आयोजनामा आर्थिक वर्ष ०७६÷०७७ को बजेटले उद्योगमा पारेको प्रभावको विषयमा छलफल तथा उद्योगीहरु र सम्बन्धित सरोकारवाला निकायबीच अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, चितवन उद्योग...

बजेटले समाजवादको लक्ष्यलाई आत्मसात् गरेको छः अर्थमन्त्री

काठमाडौँ / सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट पारेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री डा युवराज खतिवडाले संविधानले प्रदत्त गरेको मूल्यमान्यतालाई बजेटले सम्बोधन...

पेट्रोलको मूल्य घट्यो

काठमाडौँ /  नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ ।          ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका दरले समायोजन गरिएको निगमले...

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

काठमाडौँ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठदिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन...

यार्सा सङ्कलकबाट ९० लाख शुल्क उठ्यो, व्यवस्थापनका नाममा २५ प्रतिशत खर्च

रारा । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२, मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख रुपैयाँ शुल्क उठाएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२, मुगु गाउँको पाटन क्षेत्रका एक दर्जनभन्दा बढी गाउँमा यार्सा गुम्बा पाइन्छ ।...