सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्यात प्रवर्धनका लागि नीतिगत सुधार जारी : अर्थमन्त्री खतिवडा


  •    न्युजभित्तो/२६ कार्तिक २०७६, मंगलवार २०:२२ 
  • काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले निर्यात प्रवर्धन तथा व्यापार घाटा कम गर्ने विषय आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयका साथ काम भइरहेको बताउनुभएको छ ।

    व्यवसायमैत्री वातावरण बनाउनेमा आफ्नो ध्यान गएको भन्दै उहाँले व्यवसायी सङ्घसंस्थाले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथाशक्य सम्बोधन गर्ने पनि विश्वास दिलाउनुभयो ।

    नेपाल उद्योग परिसङ्घले निर्यात व्यापारमा देखिएको सुधारलाई कायम राख्दै निर्यात प्रवर्धन गर्न थप सुधारका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

    अर्थमन्त्रालयमा आज भएको भेटमा नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलले निर्यात प्रवद्र्धन र उद्योग–व्यवसाय तथा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि छलफल गरेको थियो ।

    छलफलमा परिसङ्घका अध्यक्ष सतीशकुमार मोरले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको बताउनुभयो ।

    अध्यक्ष मोरले उत्पादन मूल्य कम गरी उद्योगहरुलाई थप प्रतिस्पर्धी बनाउन, आवश्यक नीतिगत सुधारका लागि पहल गर्नसमेत अर्थमन्त्री खतिवडासँग आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
    स्याउका बोट सेताम्मे
    • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    • अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
    • पेट्रोलियम पदार्थको मूल्यवृद्धि
    • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.