सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नौ अर्ब घाटाको प्राधिकरण अहिले सात अर्ब नाफामा : कुलमान घिसिङ


  •    न्युजभित्तो/९ कार्तिक २०७६, शनिबार १५:१७ 
  • बनेपा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताउनुभएको छ ।

    धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले तिहार, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा उहाँले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत कटौती अन्त्य गर्न सफल भएको दावी गर्नुभयो । प्राधिकरणलाई आगामी वर्ष दश अर्ब नाफामा पुर्याउने र यस वर्षमा ४० वटा जिल्लालाई पूर्ण विद्युत् सेवा पुगेको जिल्ला घोषणा गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

    “हामीले विद्युत्भार कटौती मात्रै अन्त्य गरेनौँ” उहाँले भन्नुभयो, “अब विद्युत् अपुगभन्दा पनि पर्याप्त भएकाले सक्नेजति खपत गर्न आम उपभोक्तालाई आग्रह गर्दछु ।” सरकार, ऊर्जा मन्त्रालय र सबैको प्रयासले लोडसेडिङ अन्त्य गर्न सकेको उल्लेख गर्दै उहाँले अब भएको विद्युत्लाई उपभोग गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो । तीन वर्षमा १२ लाख ग्राहक बनाउन सफल भएको उहाँले बताउनुभयो ।

    उहाँले अब विद्युत् नै नपुगेको ठाउँमा विद्युत् पुर्याउने अभियानमा लागेको विद्युत् प्राधिकरणले अझैपनि ४० प्रतिशत विद्युत् सेवा पुर्याउन बाँकी रहेको काभ्रेपलाञ्चोक जिल्लामा आगामी दुई वर्षमा शतप्रतिशत विद्युत् सेवा पुर्याउने बताउनुभयो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बस्ती विस्तार गर्नुभन्दा पहिला नै सरकारले सबै प्रकारको विकासको व्यवस्थापन नभएका कारण पछि गर्ने काममा निकै समस्या आइपर्ने गरेको बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठ र धुलिखेल उद्योग वाणिज्य सङ्घका सल्लाहकार दिलसुन्दर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.