सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहकारीका पाँच लाख कर्मचारी सामाजिक सुरक्षा योजनामा सहभागी हुँदै


  •    न्युजभित्तो/२५ कार्तिक २०७६, सोमबार २१:११ 
  • काठमाडौँ । मुलुकभर क्रियाशील रहेका सहकारी संस्थाले आफू मातहतका सम्पूर्ण कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने भएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग आज भएको छलफलमा विभिन्न सहकारी सङ्घका पदाधिकारीले आफू मातहतका सहकारीसँग श्रम सम्बन्ध कायम गरेका श्रमिकलाई तत्काल कोषमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । सहकारीले योजनामा उत्साहजनक सहभागिताका लागि जागरण फैलाउन देशव्यापी अभियानसमेत चलाउने भएका छन् ।

    “कोषका बारेमा जागरण फैलाउन हामी देशव्यापी अभियान चलाउने तयारीमा छौँ”, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष डिबी कार्कीले भन्नुभयो, “त्यसका लागि देशैभर रहेका हाम्रा प्रशिक्षकलाई पहिला प्रशिक्षित गर्छौं, त्यसका लागि सामाजिक सुरक्षा कोषले सहजीकरण गर्नुपर्यो ।”

    देशभर करीब २० हजार बढी सहकारी संस्था क्रियाशील छन् । ती सहकारीमा करीब पाँच लाख कर्मचारी काम गर्छन् । “हामी समयसीमाभित्रै सबै श्रमिकलाई कोषमा सहभागी गराउन प्रतिबद्ध छौँ”, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले भन्नुभयो । छलफलमा सहकारी सङ्घ मातहतका प्रशिक्षकलाई सामाजिक सुरक्षा योजना र सहभागिताका बारे प्रशिक्षित गर्ने र देशैभर जागरणका लागि पठाउने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।

    त्यसअन्तर्गत काठमाडौँ उपत्यकाका सहकारीका लागि आगामी शुक्रबार प्रशिक्षण कार्यक्रम गरिनेछ । छलफलमा श्रममन्त्री विष्टले सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि समग्र सहकारी क्षेत्रले देखाएको तत्परताका लागि आभार व्यक्त गर्नुभएको थियो । “यो अनिवार्य विषय भएकाले देशैभरका सहकारी र सहकारीमा काम गर्ने श्रमिक साथीहरुलाई कोषमा सहभागी गराउन थप पहलकदमी लिनुहोस्”, उहाँले भन्नुभयो ।

    पछिल्लो समय मन्त्री विष्टले मुलुकभर क्रियाशील रहेका प्रतिष्ठानमा कार्यरत श्रमिकलाई कोषको दायरामा ल्याउन पहलकदमी लिँदै आउनुभएको छ । उहाँले आजै नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग छलफल गर्नुभएको थियो । यसअघि मन्त्री विष्टले बिहीबार नेपाल बैंकर सङ्घ, शुक्रबार गैरसरकारी सङ्घ संस्था, उपभोक्ता महासङ्घ र आइतबार एनप्याब्सनका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्याउका बोट सेताम्मे
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम
    • पेट्रोलियम पदार्थको मूल्यवृद्धि
    • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह
    • घरमै पुुगेर राहदानी वितरण गर्न थालियो
    • जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.