अन्तर्राष्ट्रिय

भारत सरकारको कदम ‘कार्यकारी शक्तिको दुरूपयोग’ : गान्धी

नयाँ दिल्ली, (रासस/एएफपी) । भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले सरकारको सोमबारको निर्णयलाई सरकारको ‘कार्यकारी शक्तिको दुरूपयोग’ बताउनुभएको छ । भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले भारत सरकारले गरेको जम्मु–कश्मीरका नेताहरुको गिरफ्तारी असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताउनु भएको...

पुटिनद्वारा अमेरिकासँग हतियार व्यवस्थापनका लागि नयाँ वार्ताको प्रस्ताव

मस्को, (रासस/एएफपी) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट आउनसक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गर्नुभएको छ । शीतयुद्धकालीन समयमा अमेरिका र तत्कालिन सोभियत सङ्घबीच मध्यम दुरीका आणविक शक्ति सम्झौताबाट अमेरिका र रूस फिर्ता भएसँगै...

जम्मु काश्मिर टुक्रियो, लद्दाख छुट्टै केन्द्र शासित प्रदेश, पाकिस्तानको कडा आपत्ति

नयाँ दिल्ली, (रासस/एएफपी) । भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको...

साउदीका महिलाले अब पुरुष अभिभावकको अनुमतिबिना नै यात्रा गर्न पाउने

रियाद, (रासस /एएफपी) । साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमतिबिना नै विदेश यात्रा गर्न पाउने भएका छन् । लामो समयदेखि महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलेचनापछि यसको अन्त्य भएको साउदी सरकारले बिहीबार जानकारी दिएको छ । बिहीबार जारी शाही आदेश...

बैंककमा आसियान बैठक जारी, शहरमा शृङ्खलाबद्ध बम बिस्फोट

बैंकक, (रासस/एएफपी) । दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्रीस्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसमेत सहभागी यस बैठकमा आसियानका सदस्य राष्ट्रका मन्त्रीहरु सहभागी हुनुहुन्छ । कम क्षमताका...

इन्डोनेसियामा ७.४ म्याग्नीच्युडको भूकम्प, सुनामीको चेतावनी

जाकार्ता, (रासस/सिन्ह्वा) । इन्डोनेसियामा शुक्रबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका साढे सात बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले भूकम्पपछि सुनामी समेत आउने चेतावनी दिएका...

बसले बेवारिसे बमलाई ठक्कर दिँदा ३४ जनाको ज्यान गयो

अफगानिस्तान, (रासस/सिन्ह्वा) । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीमा चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ । शु्रुमा प्राप्त समाचारमा उक्त घटनामा...

अफगानिस्तानमा छ महीनामा तेह्र सय बढी सर्वसाधारण मारिए

काबुल, (रासस /सिन्ह्वा) । अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को शुरुको ६ महीनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ । साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसङघीय मिसनले मङ्गलबार जानकारी दिएको छ ।...

ब्राजिलको कारागारमा हिंसात्मक झडप रोकिएन, एकै दिन ५७ जना मारिए

रियो डि जेनेरो, (रासस) सिन्हवा) । ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी मारिने व्यक्तिको सङ्ख्या ५७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको...

टर्कीमा रुसी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडानको योजना, अमेरिकालाई भयो टाउको दुखाई

अङ्कारा, (रासस/एएफपी) । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले रुसी एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली अर्को वर्ष सन् २०२०को अप्रिलदेखि जडान गरिने बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाले रुसी हतियार खरिदप्रति विमती राख्दै अमेरिकाले टर्कीलाई अध्याधुनिक अमेरिकी लडाकू विमान एफ–३५ बिक्री नगर्ने...