सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बीजेपी नेतृ एवम् पूर्व मन्त्री सुष्मा स्वराजको निधन


  •    /२२ श्रावण २०७६, बुधबार ००:३५ 
  • नयाँ दिल्ली । भारतको राजनीतिमा लामो समय चर्चामा रहेकी महिला नेतृ, भारतीय जनता पार्टी (बीजेपी)का बरिष्ठ नेता सुष्मा स्वराजको मंगलबार राति निधन भएको छ । स्वराजको राति ११ बजेर १८ मिनेटमा हृदयघात (हर्ट अट्याक)का कारण नयाँ दिल्लीको एम्स अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सुष्मा स्वराज दिल्लीको पहिलो महिला मुख्यमन्त्री तथा भारतको पूर्व विदेशमन्त्री थिइन् ।

    स्वराजको सन् २०१६ मा मृगौला प्रत्यारोपण गरिएको थियो । गम्भीर बिरामी रहेकै कारण धेरै आग्रहका बावजुद पनि उनी यसै साल भएको लोकसभा निर्वाचनमा उम्मेदवार भइनन् ।

    स्वास्थ्यमा खराबी आएपछि स्वराजलाई मंगलबार बेलुकी ९ बजेर ५० मिनेटमा अस्पताल पुर्याइएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटमार्फत बीजेपी नेत्री एवम् पूर्व विदेशमन्त्री स्वराजप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

    नौ पटक साँसद बनिसकेकी सुष्मा स्वराज सर्वसाधारणबीच यति लोकप्रिय थिइन् कि ट्वीटमा उनका एक करोड २० लाख फलोअर्स थिए । उनी सन् १९७७ मा सबैभन्दा कम उमेरमा राज्यमन्त्री बनेकी थिइन । त्यस्तै उनी अटल बिहारी वाजपेयी नेतृत्वको एनडीए सरकारमा सूचना एवम् प्रशारण तथा स्वास्थ्य मन्त्री बनेकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.