सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सोनिया गान्धी भारतीय कङ्ग्रेसको अन्तरिम अध्यक्ष चयन


  •    /२६ श्रावण २०७६, आईतवार २२:३८ 
  • नयाँ दिल्ली, (रासस/एएफपी) । भारतको प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले नेतृ सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ ।

    शनिबार राति भएको कङ्ग्रेसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको हो ।

    भारतमा अप्रिल र मे महिनामा सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले देशव्यापी विजय हासिल गर्दै भारतीय कङ्ग्रेसलाई किनारामा पुर्याएपछि हारको जिम्मेवारी लिँदै नेता राहुल गान्धीले अध्यक्षको पदबाट जुलाईमा राजिनामा दिएपछि रिक्त पदमा पुनः ७२ बर्षीया पूर्व अध्यक्ष सोनिया गान्धीलाई सर्वसम्मतरूपमा अन्तरिम अध्यक्ष चयन गरिएको हो ।

    सन् १९९८ देखि भारतीय कङ्ग्रेसको नेतृत्व सम्हालेकी सोनियाको उत्तराधिकारीका रूपमा सन् २०१७ को डिसेम्बरदेखि राहुलले नेतृत्व गर्नुभएको थियो । छोरा राहुलभन्दा पहिले सोनियाले भारतीय पूर्व प्रधानमन्त्री तथा आफ्ना पति राजिब गान्धीको उत्तराधिकारीका रूपमा कङ्ग्रेसको नेतृत्व सम्हाल्दै आउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा
    एमाले बागमती प्रदेश कमिटीद्वारा सक्रिय रूपमा उद्धार र राहतमा खटिन निर्देशन
    भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
    • रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार
    • त्रिशुली र नारायणी नदी किनारमा उच्च सतर्कता अपनाउन चितवन प्रशासनको आग्रह
    • छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौँः प्रधानन्यायाधीश राउत
    • आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.