सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सोनिया गान्धी भारतीय कङ्ग्रेसको अन्तरिम अध्यक्ष चयन


  •    /२६ श्रावण २०७६, आईतवार २२:३८ 
  • नयाँ दिल्ली, (रासस/एएफपी) । भारतको प्रतिपक्षी दल भारतीय कङ्ग्रेसले नेतृ सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ ।

    शनिबार राति भएको कङ्ग्रेसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको हो ।

    भारतमा अप्रिल र मे महिनामा सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले देशव्यापी विजय हासिल गर्दै भारतीय कङ्ग्रेसलाई किनारामा पुर्याएपछि हारको जिम्मेवारी लिँदै नेता राहुल गान्धीले अध्यक्षको पदबाट जुलाईमा राजिनामा दिएपछि रिक्त पदमा पुनः ७२ बर्षीया पूर्व अध्यक्ष सोनिया गान्धीलाई सर्वसम्मतरूपमा अन्तरिम अध्यक्ष चयन गरिएको हो ।

    सन् १९९८ देखि भारतीय कङ्ग्रेसको नेतृत्व सम्हालेकी सोनियाको उत्तराधिकारीका रूपमा सन् २०१७ को डिसेम्बरदेखि राहुलले नेतृत्व गर्नुभएको थियो । छोरा राहुलभन्दा पहिले सोनियाले भारतीय पूर्व प्रधानमन्त्री तथा आफ्ना पति राजिब गान्धीको उत्तराधिकारीका रूपमा कङ्ग्रेसको नेतृत्व सम्हाल्दै आउनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.