समाज
धादिङ,२१ भदौ । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गर्नुभएको हो । युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक...
पर्वत,२१ भदौ । पर्वतको जलजला गाउँपालिकामा पहिरोले नोक्सान पु¥याएपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागको टोली यहाँ आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको हो । विभागका भूगर्भविद्...
जनकपुरधाम,२१ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार गरिएको घटनाको विरोधमा जनकपुरधाममा आन्दोलन सुरु भएको छ । नेपाल विद्यार्थी संघले जनकपुरधामको रामानन्द चोकमा टायर बालेर प्रदर्शन गरेको हो । विद्यार्थीहरूले महामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग...
ओखलढुङ्गा,२१ भदौ । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई पक्राउ गरेको हो । दुवै जनाबीच बुधबार बिहान सामान्य...
काठमाडौं,२० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् ।रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । न्युज एजेन्सी नेपालका अनुसार यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम...
चितवन,२० भदौ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको काममा ढिलासुस्ती भएको भन्दै गैंडाकोटमा चक्काजाम गरिएको छ । सडक विस्तारमा भएको ढिलासुस्तीका कारण यात्रु र स्थानीयले दुःख पाएको भन्दै स्थानीय युवाहरु आन्दोलित भएका हुन् । इलाका प्रहरी कार्यालय गैंडाकोट अगाडि युवाहरुले बाटोमा कुर्चीहरु...
पर्वत,२० भदौ । पर्वतमा कुनै समय उज्यालोको भरपर्दो स्रोतका रूपमा रहेका आयोजना हाल बेवारिसे बनेका छन् । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै करोडौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत आयोजनाका सामग्री हाल बेवारिसे अवस्थामा छन्...
सप्तकोशी,२० भदौ । सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका चिकित्सकको शव फेला परेको छ। झापा, दमक–१ घर भइ मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत रहेका प्रज्ज्वल कोइरालाको शव फेला परेको हो। बराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा ३२ वर्षीय...
तडी,२० भदौ । सुदूरपश्चिम प्रदेश डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश अत्यधिक जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेङ्गु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण...
चितवन,१९ भदौ । भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिकामा तोकिएको समयमा जिम्मेवारी लिएको निर्माण वा खरिदको काम पूरा नगर्ने तीन ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती तीन कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा...















