सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोको अध्ययन गर्न भूगर्भ विभागको टोली जलजलामा


  •    न्युजभित्तो/२१ भाद्र २०८०, बिहीबार ११:१५ 
  • पर्वत,२१ भदौ । पर्वतको जलजला गाउँपालिकामा पहिरोले नोक्सान पु¥याएपछि अध्ययनका लागि खानी तथा भूगर्भ विभागको टोली यहाँ आइपुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बुधबार जलजला गाउँपालिका–५ कुवापानी पुगेको हो ।

    विभागका भूगर्भविद् अनिस खनाल, प्राविधिक विरास मल्ल र इन्जिनियर ईश्वर न्यौपाने यहाँ आइपुग्नुभएको हो । टोलीले बुधबारदेखिनै पहिरोको अध्ययन थालेको छ । स्थलगत अध्ययन र ल्याब परीक्षणपछि रिपोर्ट तयार गर्ने भूगर्भविद् अनिस खनालले जानकारी दिनुभयो । प्रारम्भिकरुपमा हेर्दा पहिरो पहाडबाट छुट्टिएको र पहिरोमुनिको बस्ती परम्पराकालमै पहिरो गएकै स्थानमा बसेकाले पनि थप जोखिम रहेको उहाँको भनाइ छ ।

    “विस्तृत विवरण अध्ययन र सबै क्षेत्रको अवलोकनपछि आउँछ”, उहाँले भन्नुभयो, “भूकम्पलगायत विभिन्न कारणले यो क्षेत्र जोखिममा परेको हो ।”

    टोलीले उक्त क्षेत्रको भौगोलिक अवस्थाको बारेमा अध्ययन अनुसन्धान गर्नुका साथै थप जोखिम हुने अवस्था, निराकरणका उपाय र पहिरोले क्षति पु¥याएका बस्ती स्थानान्तरण गर्नुपर्ने या नपर्ने विषयमा समेत प्रतिवेदन तयार पार्ने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय जलजला गाउँपालिका तथा जिल्लास्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयलगायतको पटक–पटकको अवलोकन र नियन्त्रणको प्रयाससमेत असफल भएपछि भूगर्भविद्को टोली ल्याउनुपरेको प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले जानकारी दिनुभयो । टोलीको प्रतिवेदनको आधरामा उक्त क्षेत्रको संरक्षणका लागि पहल थालिने छ ।

    कुवापानीबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मुलघडेरी, नेपानेका सात परिवार विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । असार दोस्रो सातादेखि पानी परेको समयमा लेदोसहितको पहिरो आउन थालेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो ।

    “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात परिवार घर छाडेर अन्यत्र गएका छन्”, उहाँले भन्नुभयो । स्थानीय नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबहादुर कार्कीको परिवार अन्यत्र बसाइँ सरेका छन् । उनीहरुको विचल्ली भएको छ । पाँच परिवार स्थानीय सामुदायिक भवन र आफन्तको घरमा बस्न बाध्य छन् ।

    पहाड चिराचिरा परेका कारण पानी परेको समयमा त्यस क्षेत्रको बस्ती जोखिममा छ । कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले ५० रोपनी जमिन बगर बनेको विस्थापित पदम कार्कीले बताउनुभयो । पहिरोले खेतबारीमा लगाएको मकै, सिमी, कोदो र धान नष्ट गरेको छ ।

    पहिरोकै कारण पुर्णगाउँमा रहेको बराहताल पूर्णरुपमा लेदोले पुरेको छ । त्यहाँ रहेका मन्दिरमा पनि क्षति पुगेको छ । यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागी जाने सडकमा पूर्णरुपमा क्षति पु¥याएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.