समाज

चैत २६ गते कृष्ण औँशीको दिनदेखि बिक्रमबाबा मेला सुरु
-न्युजभित्तो

चितवन, २० चैत । भरतपुर महानगरपालिकाले बिक्रमबाबा मेलालाई नयाँ र फरक ढंगबाट सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ । बिगतका वर्षहरुमा मेलालाई महानगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण नभए पनि यसपटकबाट भने महानगर आफैंले मेला सञ्चालन गर्ने तयारी थालेको हो । भरतपुर–...

८ लाख ७४ हजार रुपैयाँ बराबरको चाँदीको गहनासहित १ जना पक्राउ
-न्युजभित्तो

मोरङ, २० चैत । सशस्त्र प्रहरीले बेलबारी नगरपालिकाबाट ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपालिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई बेलबारी नगरपालिका–७ बाहुनीबाट...

सडक किनारका भौतिक संरचना भत्काउँदै वीरगञ्ज महागरपालिका
-न्युजभित्तो

वीरगञ्ज, २० चैत । अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि महानगरपालिकाले घरटहरा हटाएका हो । महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने...

प्लास्टिकको विकल्पमा कपडाको झोला
-न्युजभित्तो

म्याग्दी, १९ चैत । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा प्लास्टिकको झोला विस्थापित गर्न उद्यमीलाई ‘सपिङ ब्याग’ (झोला) बनाउने तालिम प्रदान गरिएको छ । नगरपालिकाका १० वटै वडाका ३० महिला उद्यमी सहभागी तालिममा सिलाइ मेसिनबाट कपडाको सपिङ ब्याड (झोला) बुन्ने व्यावहारिक तथा...

सामाजिक सुरक्षा कोषमा आबद्धलाई अनलाइनबाट उपचार सुविधा दिन मन्त्रालयको परिपत्र
-न्युजभित्तो

काठमाडौं, १९ चैत । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्तालाई अनलाइन प्रणालीबाटै स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले संघीय सरकारको मातहतमा रहेका सबै अस्पताल र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत प्रदेश सरकार मातहत रहेका...

चितवनबाट लगेको एक बाघसहित पर्सा राष्ट्रिय निकुञ्जको खोरमा मरे तीन बाघ
-न्युजभित्तो

चितवन, १९ चैत । पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको हो । बाघको...

गुजारा गर्न गर्मीयाम सुरु भएसँगै चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ
-न्युजभित्तो

कञ्चनपुर, १९ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त हुनुहुन्छ । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ । भीमदत्त–४ महेन्द्रनगरमा निमबहादुरले उखु पेल्ने काम थालेर मनग्य आम्दानी गरिरहनुभएको...

स्रोत नखुलेको २७ लाख ७५ हजारसहित दुईजना पक्राउ
-न्युजभित्तो

जनकपुरधाम, १९ चैत । सर्लाहीबाट स्रोत नखुले रकमसहित दुईजना पक्राउ परेका छन् । सर्लाहीको मलंगवा नगरपालिका ३ का २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारीलाई प्रहरीले स्रोत नखुले रकमसहित प्रकाउ गरेको हो । हिजो (आइतबार) मलंगवा नगरपालिका ९...

पाक्न लागेको हिउँदेबालीमा असिनाले क्षति
-न्युजभित्तो

धादिङ, १८ चैत । धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले दिउँदेबाली नष्ट गरेको छ । उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरैमै सखाप भएपछि...

भिरबाट लडेर बालिकाको मृत्यु
-न्युजभित्तो

हेटौँडा, १८ चैत । मकवानपुरको बकैया गाउँपालिका–६ ठूलो सुधाककी आठ वर्षीया बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सन्दिप भोम्जनको छोरी पूर्णीमा भोम्जनको घरदेखि दुई सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक वनको सुधाभिरबाट लडेर...