सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्लास्टिकको विकल्पमा कपडाको झोला


  •    न्युजभित्तो/१९ चैत्र २०८०, सोमबार १५:४४ 
  • म्याग्दी, १९ चैत । म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा प्लास्टिकको झोला विस्थापित गर्न उद्यमीलाई ‘सपिङ ब्याग’ (झोला) बनाउने तालिम प्रदान गरिएको छ ।

    नगरपालिकाका १० वटै वडाका ३० महिला उद्यमी सहभागी तालिममा सिलाइ मेसिनबाट कपडाको सपिङ ब्याड (झोला) बुन्ने व्यावहारिक तथा सैद्धान्तिक ज्ञान र सीप प्रदान गरिएको हो । नगर उपप्रमुख ज्योति लामिछानेले बढ्दो वातावरण प्रदूषण नियन्त्रण, आयात प्रतिस्थापन, सरसफाइ, उद्यमीलाई रोजगारी र आम्दानीको अवसर सिर्जना गराउनका लागि प्लास्टिकलाई प्रतिबन्ध लगाउने तयारी गरिएको बताउनुभयो ।

    “नगरपालिकाले प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउन तयारी थालेको छ”, उहाँले भन्नुभयो, “प्लास्टिकको विकल्पमा कपडाको सपिङ ब्याग स्थानीयस्तरमै उपलब्ध गराउन उद्यमीलाई सिप सिकाइएको हो ।” असन्तृप्त हाइड्रोकार्बन इथेनलाई रासायनिक प्रतिक्रियामा रूपान्तरण गरी कृत्रिम तरिकाले बनाइने झोलाले अत्यधिक फोहर, पुनःप्रयोग गर्न नमिल्ने, जलप्रदूषण, ऊर्जा शक्तिमा कमी र वायुप्रदूषण बढेपछि सरकारले विसं २०७२ मा प्लास्टिकका झोला प्रतिबन्ध लगाएको थियो ।

    नकुहिने प्लास्टिक बाल्दा उत्पादन हुने नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, डायोक्सिन, बाफिलो प्राङ्गारिक रसायन, कार्बनडाइअक्साइड आदिजस्ता हानिकारक ग्यास मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् । बेनी–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले कपडाको झोला बनाउने उद्यमीका लागि थप सीप र व्यवसाय सञ्चालनका लागि सहजीकरण गरिने बताउनुभयो ।

    उद्यमी डम्मरबहादुर कार्कीले पानी नछिर्ने, छिटो धुन र सुकाउन सकिने, आवश्यकताअनुसारको आकारमा न्यूनतम रु ५५ को लागतमा एउटा कपडाको झोला बनाउन सकिने बताउनुभयो ।

    तालिममा सहभागी कमला कार्की र सुपिना किसानले बजारको सुनिश्चितता भए घरमै अथवा सामूहिकरुपमा झोला उत्पादन गर्न तप्पर रहेको बताउनुभयो । क्षमता विकास तालिम, झोला बनाउने कच्चा सामग्री र सिलाइ मेसिन खरिदका लागि सहयोग गर्न नगरपालिकालाई अनुरोध गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.