समाज
पाटन (ललितपुर), १३ माघ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक सचेतनाले यात्रीको जीवनरक्षा र सडक सुरक्षामा अर्थपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा ललितपुर महानगरपालिकाले आज जावलाखेलमा आयोजना गरेको साप्ताहिक ट्राफिक सचेतनाको सुभारम्भ...
कैलाली, १३ माघ । धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । प्रहरी निरीक्षक खड्काका अनुसार भाइ...
चितवन, १३ माघ । भरतपुर महानगरपालिकाभित्र उत्सर्जन हुने फोहोरमैला संकलन र व्यवस्थापनका लागि महानगरले नयाँ ठेक्का लगाएको छ। एन के इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि ठेक्का दिइएको हो। फोहोरबाट आम्दानी गर्ने गरी महानगरले यसपटक ठेक्का लगाएको महानगरपालिकाका वातावरण...
चितवन, १३ माघ । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने जनाइएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका...
सिन्धुली, १३ माघ । आज (आइतबार) बिहान सुनकोसी नदीमा खसेको अवस्थामा ज १० प २६०४ नम्बरको मोटरसाइकल फेला परेको थियो। सुनकोसी गाउँपालिका(७ स्थित सडकबाट नदीमा खसेको अवस्थामा मोटरसाइकल फेला परेको हो । नदीमा डुबेको अवस्थामा मोटरसाइकल र झोला फेला परे...
चितवन, १३ माघ । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक रु दुई हजारका दरले आवासीय भत्ता दिइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका...
कैलाली, १३ माघ । कैलालीको धनगढी उपमहानगरपालिका-१७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काका अनुसार ३० वर्षीय प्रकाशले कैची प्रहार गर्दा ३५ वर्षीय दाइ लालबहादुर बोहराको मृत्यु भएको हो...
फुङ्लिङ (ताप्लेजुङ), १३ माघ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका...
जलेश्वर (महोत्तरी), १३ माघ । सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ...
कैलाली, ११ माघ । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदाको दिनमा पनि चिकित्सालयमा आउने बिरामीलाई उपचार सेवा दिँदै आएको छ । चिकित्सालयले शनिबारलगायत अन्य कुनै पनि बिदाको दिनमा चिकित्सालयमा विभिन्न रोगको उपचारका लागि आउने बिरामीलाई उपचार दिँदै आइरहेको छ । प्रादेशिक...















