कैची प्रहारबाट गम्भीर घाइते भएका दाईको मृत्यु, भाई प्रकाउ
न्युजभित्तो/१३ माघ २०८१, आईतवार ११:२७
कैलाली, १३ माघ । कैलालीको धनगढी उपमहानगरपालिका-१७ मा भाइले कैची प्रहार गर्दा दाइको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काका अनुसार ३० वर्षीय प्रकाशले कैची प्रहार गर्दा ३५ वर्षीय दाइ लालबहादुर बोहराको मृत्यु भएको हो ।
हिजो (शनिबार) राति साढे १२ भाई प्रकाशले घाँटीमा कैची प्रहार गर्दा गम्भीर घाइते भएका दाइ लालबहादुरको उपचारको क्रममा राति २ः५० बजे मृत्यु मिसन अस्पताल धनगढीमा मृत्यु भएको खड्काले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरायासी विवादमा सामान्य भनाभन हुँदा प्रकाशले कैची प्रहार गरेको खुलेको छ । दाइको मत्यु भएपछि भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको उनले बताए ।